ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पुर्याउँछ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबिच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गरेका हुन । उनले यस्ता पर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सहकार्यको भावना विस्तार गर्ने उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड भएको बताउँदै यो पर्व सांस्कृतिक सद्भावका कारण अन्य समुदायले पनि आत्मीयतापूर्वक मनाउने गरेको उल्लेख गरे । यसले नेपालको विविधताबिचको एकतालाई व्यवहारमा उतार्ने काम गरेको उनको भनाइ छ ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले संविधानले सबै धर्म, संस्कार र संस्कृतिलाई समान सम्मान दिएको स्मरण गराए । यही समावेशी अभ्यास नै सामाजिक स्थायित्व र सहअस्तित्वको आधार भएको उनले बताए ।
मौलिक कला, भाषा र संस्कृतिहरू हाम्रो पहिचानका आधार मात्र नभई पर्यटन प्रवर्द्धन र आर्थिक विकासका महत्त्वपूर्ण स्रोतसमेत भएको उनले उल्लेख गरे । यस्ता सांस्कृतिक पर्वहरूको संरक्षण र प्रवर्द्धनले लुम्बिनी प्रदेशलाई सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
समृद्ध प्रदेश निर्माणका लागि सरकारसँगै सबै समुदाय, युवा, महिला, उद्यमी तथा नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ । साझा लक्ष्य र सहकार्यका आधारमा अघि बढ्दा मात्र दिगो विकास र समावेशी समृद्धि सम्भव हुने उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण