सलीम खानको मस्तिष्कको शल्यक्रिया, अवस्था स्थिर
सारांश
- बलिउड लेखक सलीम खानको स्वास्थ्यमा सुधार आएको छ, तर उहाँ अझै अस्पतालमै हुनुहुन्छ।
- ९० वर्षीय खानलाई ब्रेन ह्यामरेज भएपछि मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो र सानो शल्यक्रिया गरिएको छ।
- डाक्टरका अनुसार, खानको एन्जियोग्राफी गरिएको छ र उनको अवस्था स्थिर छ, तर पूर्ण निको नभएसम्म डिस्चार्ज हुने छैन।
मुम्बई । बलिउडका दिग्गज पटकथा लेखक सलीम खानको स्वास्थ्यमा केही सुधार देखिए पनि उनलाई अझै केही दिन अस्पतालमै राखिने भएको छ। मस्तिष्क घात (ब्रेन ह्यामरेज) पछि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका ९० वर्षीय खानको हालै एक सानो सर्जिकल प्रक्रिया पूरा गरिएको हो।
उपचारमा संलग्न डाक्टर जलील पार्करका अनुसार खानको ‘डिजिटल सब्स्ट्र्याक्सन एन्जियोग्राफी’ (डीएसए) गरिएको छ। यो कुनै ठुलो ब्रेन सर्जरी नभई नसाहरूमा भएको अवरोध स्पष्ट रूपमा हेर्न गरिने उच्च गुणस्तरको एक्सरे प्रक्रिया हो।
सलाई सेरेब्रल एन्जियोग्राफी पनि भनिन्छ। हाल उनको अवस्था स्थिर रहेको र बिस्तारै स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन् । सबै कुरा सामान्य रहेमा उनलाई आज वा भोलिसम्ममा भेन्टिलेटर सपोर्टबाट हटाउन सकिने अस्पताल प्रशासनले जनाएको छ।
यद्यपि, पूर्ण रूपमा निको नभएसम्म उनलाई डिस्चार्ज गर्नेबारे अहिले नै कुनै निर्णय भइसकेको छैन । पिताको रेखदेखका लागि सलमान खान लगायत परिवारका सदस्यहरू अस्पतालमै छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण