राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फिर्ता
सारांश
- राष्ट्रिय महिला क्रिकेट टोली थाइल्याण्डमा भएको एसिया कपबाट स्वदेश फर्कियो।
- नेपालले प्रतियोगितामा लगातार तीन खेलमा हार व्यहोर्नु परेको थियो।
- कप्तान पूजा महतोले प्रतियोगितामा अनुभव बटुलेको र राम्रो प्रयास गरेको बताइन्।
काठमाडौँ । थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।
लगातार तेश्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो । प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ तथा दोस्रो खेलमा यूएईसँग र तेश्रो खेलमा भारत ‘ए’ संग पराजित भएको थियो ।
स्वदेश फर्किएपछि राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले प्रतियोगितामा जित हासिल गर्न असफल भएपनि ठूलो अनूभव प्राप्त भएको बताइन् ।
प्रतियोगितामा नेपाली टोलीले राम्रो प्रयास गरेको र ठूला टिमलाई टक्कर दिन सफल भएको उनले बताइन् ।
नेपाली टोलीकी कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सहित थाइल्याण्ड पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026