गोविन्दाकी पत्नी सुनिता भन्छिन्, ‘मेरो नियम मान्ने भए मात्रै माफ गर्छु’
सारांश
- सुनिता आहुजाले गोविन्दासँगको सम्बन्धबारे भ्लग मार्फत प्रतिक्रिया दिँदै माफीका लागि शर्त राखेकी छिन्।
- उनले गोविन्दाको व्यवहार परिवर्तन भए मात्रै माफ गर्ने र आफू मेनोपजको चरणमा रहेको बताइन्।
- सुनिताले अब अनावश्यक तनाव नलिने र आफ्ना अधिकारका लागि लड्न अन्य महिलाहरूलाई सन्देश दिएकी छिन्।
मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको वैवाहिक सम्बन्धलाई लिएर समय-समयमा आउने सम्बन्ध विच्छेदका हल्लाले फेरि बजार तताएको छ। हालै सुनिताले आफ्नो नयाँ भ्लगमार्फत गोविन्दासँगको सम्बन्ध र उनलाई माफ गर्ने विषयमा प्रतिक्रिया दिएकी छिन्।
गोविन्दा आफ्नो बाल्यकालको प्रेम भएको स्वीकार गर्दै सुनिताले यदि उनी बदलिएर आफ्ना नियमअनुसार जीवन जिउन तयार भए मात्रै आफूले माफ गर्न सक्ने सर्त अघि सारेकी छिन्।
सुनिताले अहिले आफू मेनोपजको चरणबाट गुज्रिरहेको र यस्तो समयमा पति तथा छोराछोरीको साथ आवश्यक हुने बताइन्। उनले अब अनावश्यक तनाव झेल्ने उमेर नरहेको भन्दै बाहिर आउने सबै हल्लाको पछि नलाग्ने प्रस्ट पारिन्।
गोविन्दा पहिले आफ्नी आमासँग डराउने गरेको तर आमाको निधनपछि उनी धेरै बेफिक्र भएको सुनिताको दाबी छ। गोविन्दाको संगत राम्रो नभएको र उनले जे मन लाग्यो त्यही गर्ने गरेको गुनासो पनि उनले पोखिन्।
विगत ४० वर्षदेखिको सम्बन्ध रातारात नटुट्ने भए पनि अब आफ्नो मन दह्रो भइसकेको सुनिताले बताइन्। धेरै मानिसले आफ्नो सोझोपनको फाइदा उठाएको र अब थप सहन नसक्ने उनको भनाइ छ।
सुनिताले अन्य महिलाहरूलाई पनि आफ्ना अधिकारका लागि लड्न सन्देश दिएकी छिन्। पहिले सासू-ससुराको सम्मानका लागि चुप लागेर बसे पनि अब गोविन्दासँग साथीको जस्तो सम्बन्ध रहेकाले डराएर नबस्ने उनले घोषणा गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण