प्रलोपा लुम्बिनीको निर्णय : उम्मेदवार विजयी गराउन एकजुट भएर लाग्ने, पार्टी विरोधी कार्य गर्ने पंकज राई पदमुक्त
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचनमा उम्मेदवारलाई जिताउन एकजुट हुने निर्णय गरेको छ।
- पार्टी बैठकमा प्रत्यक्षतर्फका उम्मेदवारलाई विजयी गराउने र समानुपातिक मतको प्रचारप्रसारबारे छलफल भयो।
- पार्टी हितविपरीत काम गरेको आरोपमा पंकज राईलाई पदमुक्त गर्दै कारबाहीको लागि सिफारिस गरियो।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) लुम्बिनी प्रदेशले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन एकजुट भएर अघि बढ्ने निर्णय गरिएको छ ।
बिहीबार प्रलोपा लुम्बिनी प्रदेशले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन एकजुट भएर अघि बढ्नुपर्ने निर्णय गरेको जानकारी दिएको छ ।
प्रलोपा लुम्बिनी प्रदेश अध्यक्ष परिषद्(कार्यालय) को बुधबार बसेको बैठकमा प्रत्यक्षतर्फका उम्मेदवारलाई विजयी गराउने र समानुपातिक मतका लागि प्रचारप्रसारका विषयमा सबै जिल्लाको संक्षिप्त रिपोर्टिङ भएको थियो ।
सिङ्गो पार्टी एकताबद्ध भएर प्रत्यक्षतर्फका उम्मेदवारलाई विजयी गराउन र समानुपातिक मत को प्रचार प्रसारमा जुट्ने निर्णय भएको इन्चार्ज नारायणी शर्मा(प्रतिक्षा)ले बताइन् ।
पार्टीमा अराजकता मच्चाएको र पार्टी हितविपरित गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेश अध्यक्ष परिषद्का सदस्य पंकज राईलाई पदमुक्त गरिएको छ । उनलाई रुपन्देहीको इन्चार्जबाट पदमुक्त गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अर्को निर्णय नहुँदासम्म अध्यक्ष परिषद्बाट निलम्बन गरी कारबाहीको लागि सिफारिस समेत गरिएको छ । हाललाई रुपन्देही जिल्ला इन्चार्जको जिम्मेवारी प्रदेश कार्यालयलाई दिने निर्णय समेत भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण