बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप

अस्ट्रेलियाको लज्जास्पद विश्वकप यात्रा : आखिर कहाँ चुक्यो कंगारु टोली ?

शुक्रबार, ०८ फागुन २०८२, ०९ : ००
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • अस्ट्रेलिया टी-२० विश्वकपमा समूह चरणबाटै बाहिरियो, जसको कारण खेलाडी छनोट र ब्याटिङमा समस्या देखियो।
  • श्रीलंका विरुद्धको खेलमा राम्रो सुरुवात गरेर पनि अन्तिममा ६ विकेट गुमाएपछि अस्ट्रेलिया पराजित भयो, जसले बलरहरूको कमजोर प्रदर्शन देखायो।
  • हेजलउडको चोट, ब्याटिङ फर्मको समस्या र बिग ब्यास लिगलाई प्राथमिकता दिँदा अस्ट्रेलियाको टी-२० विश्वकप यात्रामा गम्भीर प्रश्न उठे।
00:00 / NaN:NaN
Audio By AI

अस्ट्रेलियाको यो सामूहिक विफलताको कथा कहाँबाट सुरु गर्ने?

राति १२:३० बजे सुरु भएर बिहान झन्डै ४ बजे सकिएको खेलको नतिजा ‘स्कोरकार्ड’ र ‘हाइलाइट्स’ मा हेर्दा पनि घरेलु समर्थकहरूको आक्रोश कम भएको छैन।

स्वाभाविक रूपमा, यसको दोष छनोटकर्ताहरूलाई जानेछ। स्टिभ स्मिथ र म्याट रेनश जस्ता खेलाडीलाई पानी बोक्न (बेन्चमा) राखेर, लामो समयदेखि ‘रन’ को खडेरीमा रहेका पुराना खेलाडीहरूलाई लगातार मौका दिएकोमा उनीहरूमाथि प्रश्न उठ्नु जायज हो। 

तर, टी-२० विश्वकपमा अस्ट्रेलियाको यो दयनीय अवस्थाको वास्तविकता दुई खेलाडीको छनोट वा अस्वीकृतिको विषयभन्दा निकै गहिरो छ। यो दुर्घटनाको पछाडि कुनै एक व्यक्तिलाई मात्र ‘बलिको बोका’ बनाउन सकिने अवस्था छैन।

steve smith

राम्रो सुरुवात तर लज्जास्पद अन्त्य

श्रीलंकाविरुद्ध ८.३ ओभरमा बिना कुनै विकेट १०४ रन बनाउँदा अस्ट्रेलिया बलियो स्थितिमा थियो। मिचेल मार्स र ट्राभिस हेडले २०२५ मा १० खेल जिताएको योजना अनुसार नै ब्याटिङ गरिरहेका थिए। 

तर, अचानक खेलको पासा पल्टियो। जोस इंग्लिस र ग्लेन म्याक्सवेलले टोलीलाई १६० पार गराए पनि अन्तिम २४ बलमा ६ विकेट गुमाएर अस्ट्रेलिया १८१ रनमा अलआउट भयो।

उता श्रीलंकाले जवाफी ब्याटिङमा ४६ बलमा ७७ रन चाहिएको अवस्थाबाट ८ विकेट र २ ओभर बाँकी छँदै खेल जित्यो। निसान्का र रत्नायकेको ८० रनको साझेदारीले अस्ट्रेलियाको बलिङ आक्रमणलाई निरिह साबित गरिदियो।

mitchell marsh

बलरहरूको विफलता

जिम्बाब्वेसँगको हार जस्तै, यस खेलमा पनि अस्ट्रेलियाली बलरहरूले मात्र दुई विकेट लिन सके। नेथन एलिस र एडम जाम्पा जस्ता प्रमुख बलरहरू साढे दुई वर्षमा पहिलो पटक लगातार टी-२० खेलमा विकेटविहीन भए। घाइते जोस हेजलउड र प्याट कमिन्सको अनुपस्थितिको पीडा टोलीले राम्रैसँग भोग्यो।

अस्ट्रेलिया सन् २००९ पछि पहिलो पटक ‘सुपर एट’ पुग्नबाट वञ्चित हुन पुग्यो ।

  • कहाँ भयो गल्ती?

यो विफलताको बीउ नोभेम्बरमै रोपिएको थियो। त्यतिबेला टोली राम्रो लयमा देखिए पनि उपमहाद्वीपको कन्डिसनमा यो विधि काम गर्छ कि गर्दैन भन्ने प्रश्न थियो। तर, श्रीलंकाको स्पिनभन्दा पनि जिम्बाब्वे विरुद्धको खेलमा तीव्र गतिको बलिङ र ‘बाउन्स’ अगाडि शीर्षक्रमका ब्याटरहरूको विफलता र विकेट लिन नसक्ने बलरहरूको कमजोरीले अस्ट्रेलियालाई डुबायो।

  • हेजलउडको चोट र बलिङको गहिराई

१२ नोभेम्बरमा जोस हेजलउडको ह्यामस्ट्रिङ चोट अस्ट्रेलियाको अभियानका लागि ‘दुर्भाग्यपूर्ण मोड’ बन्यो। उनी नहुँदा अस्ट्रेलियाले ८ मध्ये ७ खेल गुमाएको छ। उनको विकल्पमा आएका बलरहरू (एलिस, ड्वार्सुइस, बार्टलेट, एबोट) ले महँगो साबित हुँदै विकेट लिन सकेनन्। यसले अस्ट्रेलियाको ‘ह्वाइट बल’ बलिङको गहिराईमा रहेको कमजोरी छताछुल्ल पारेको छ।

australia

  • ब्याटिङमा फर्मको समस्या

अन्तिम समयमा स्टिभ स्मिथलाई बोलाउनु र उत्कृष्ट फर्ममा रहेका रेनशलाई बाहिर राख्नु छनोटकर्ताहरूको गम्भीर भूल थियो। ट्राभिस हेडको ‘एसेज’ सिरिजको प्रदर्शनले टी-२० को खराब फर्मलाई छोपेको थियो। 

इंग्लिस, ग्रीन र म्याक्सवेलले एसेज यता कुनै अर्धशतक बनाउन सकेका छैनन्। टिम डेभिड र कुपर कोनोलीको प्रदर्शन पनि निराशाजनक रह्यो।

  • प्राथमिकतामा टी-२० कि बिग ब्यास?

बिग ब्यास लिगको फाइनललाई प्राथमिकता दिएर पाकिस्तानमा हुने अभ्यास खेलमा पूर्ण टोली नपठाउनु मूर्खतापूर्ण निर्णय देखियो। यसले अस्ट्रेलियाली क्रिकेटमा टी-२० लाई कति प्राथमिकता दिइन्छ भन्ने प्रश्न खडा गरेको छ।

समूह चरणबाटै बाहिरिए पनि तत्काल ठूलो हलचल नहोला, तर २०२८ मा घरेलु मैदानमा हुने अर्को टी-२० विश्वकप अघि अस्ट्रेलियाले यी गम्भीर प्रश्नहरूको उत्तर खोज्नैपर्नेछ। विश्वका अन्य टोलीहरूले यस प्रतियोगितालाई प्राथमिकता दिइरहँदा अस्ट्रेलिया किन पछि पर्यो? यो सोच्ने बेला आएको छ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप