आत्मघाती हमलापछि पाकिस्तानले गर्यो अफगानिस्तानमा हवाई आक्रमण
सारांश
- पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ, आत्मघाती हमलाको जवाफमा।
- पाकिस्तानी सेनाले टीटीपी र आईएससँग सम्बन्धित सात ठाउँमा निशाना बनाएको जनाएको छ।
- अफगानिस्तानको तालिबान सरकारले औपचारिक प्रतिक्रिया दिएको छैन, तर सीमावर्ती प्रान्तहरूमा आक्रमण भएको रिपोर्ट छ।
इस्लामवाद । हालै भएका शृङ्खलाबद्ध आत्मघाती हमलाहरूको जवाफमा पाकिस्तानले अफगानिस्तानमाथि हवाई आक्रमण गरेको छ । क्याम्प र लुक्ने ठाउँलाई निशाना बनाएर कारबाही गरेको पाकिस्तानी सेनाले बताएको हो ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार आइतबार गरिएको सूचनामा आधारित लक्षित अपरेसनमा तेहरिक–ए–तालिबान पाकिस्ता (टीटीपी) र त्यसका सहायक समूहसँग सम्बन्धित सात ठाउँमा प्रहार गरिएको थियो । सीमा क्षेत्रमा इस्लामिक स्टेट (आईएस)सँग आबद्ध एक समूह पनि निशानामा परेको मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानको तालिबान सरकारले यस मामिलामा तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन । तर अफगान स्रोतहरूले प्रहार दुई सीमावर्ती प्रान्तमा भएको बताएका छन् । स्रोतका अनुसार पक्तिका प्रान्तमा एउटा धार्मिक विद्यालय ड्रोन आक्रमणमा परेको छ भने नंगरहार प्रान्तमा पनि आक्रमण भएको रिपोर्ट आएको छ । पाकिस्तानले हालै इस्लामाबादस्थित शिया मस्जिदमा भएको आत्मघाती विस्फोटसहित बाजौर र बन्नु जिल्लामा भएका हमलामा अफगान भूमिबाट सञ्चालन भएका लडाकु संलग्न रहेको ठोस प्रमाण आफूहरूसँग रहेको दाबी गरेको छ ।
सशस्त्र समूहलाई आफ्नो भूमिबाट आक्रमण गर्न नदिन पटक–पटक आग्रह गर्दा पनि काबुलले ठोस कदम नचालेको आरोप पाकिस्तानले लगाएको छ । साथै, क्षेत्रीय शान्ति र स्थिरताप्रति आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै पाकिस्तानी नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको बताएको छ । यस घटनाले पाकिस्तान–अफगानिस्तानबिचको सुरक्षा तनाव थप बढ्ने संकेत दिएको विश्लेषकहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण