सर्लाहीमा निर्वाचन खर्च पारदर्शितामा बेवास्ता, अधिकांश उम्मेदवारले अझै खोलेनन् बैंक खाता
सारांश
- सर्लाहीमा फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले निर्वाचन खर्च व्यवस्थापनमा उदासीनता देखाएका छन्।
- आयोगको निर्देशनअनुसार छुट्टै बैंक खाता खोल्नुपर्ने भए पनि अधिकांश उम्मेदवारले खाता खोलेका छैनन्।
- १३१ उम्मेदवारमध्ये १९ जनाले मात्र बैंक खाता खोलेको विवरण बुझाएका छन्, जसले नियम उल्लङ्घन हुने संकेत गर्दछ।
सर्लाही । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका उम्मेदवारहरू निर्वाचन खर्च व्यवस्थापनसम्बन्धी नियम पालना गर्न उदासीन देखिएका छन् । प्रचार प्रसारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था भए पनि अधिकांश उम्मेदवारले हालसम्म खाता खोलेको विवरण बुझाएका छैनन् ।
निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन खर्च पारदर्शी बनाउन प्रत्येक उम्मेदवारले अलग बैंक खातामार्फत मात्र आम्दानी र खर्च गर्नुपर्नेछ । तर सर्लाहीमा कायम १३१ जना उम्मेदवारमध्ये सोमबारसम्म १९ जनाले मात्र बैंक खाता खोलेको प्रमाण पेस गरेका छन् ।
जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार सर्लाहीमा २६ राजनीतिक दल र स्वतन्त्र गरी कुल १३१ जनाको उम्मेदवारी दर्ता छ । तीमध्ये ७६ जनाले बैंक खाता खोल्न सिफारिस लिइसकेका भए पनि अधिकांशले खाता खोलेर विवरण बुझाउन ढिलाइ गरिरहेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख पौडेलका अनुसार उम्मेदवारहरूलाई बैंक खाता खोल्न बारम्बार फोनमार्फत स्मरण गराइँदै आएको छ । आयोगको निर्देशनअनुसार समयमै खाता नखोली निर्वाचन खर्च गरे नियम उल्लङ्घन हुने स्पष्ट व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण