ब्राजिलको मिनास जेरेइसमा भीषण वर्षापछि बाढी, कम्तीमा २३ जनाको मृत्यु
सारांश
- ब्राजिलको मिनास जेराइस राज्यमा बाढी र पहिरोमा परी २३ जनाको मृत्यु भएको छ।
- जुइज़ डे फोरा नगरपालिकामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी बेपत्ता छन्।
- भारी वर्षाका कारण उद्धार कार्य प्रभावित भएको छ, जसमा ४४० जना विस्थापित भएका छन्।
रियो द जेनरियो । दक्षिणपूर्वी ब्राजिलकोमिनास जेराइस राज्यमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तीमा पनि २३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी क्षति जुइज़ डे फोरा नगरपालिकामा भएको छ । यस नगरपालिकामा मात्रै १८ जनाको ज्यान गएको पुष्टि गरिएको छ ।
सोमबारदेखि परेको मुसलधारे वर्षापछि दर्जनौँ उद्धारकर्मी र विपद्–प्रशिक्षित खोजी कुकुरहरू मंगलबार भग्नावशेषमा बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका छन् । हालसम्म ४० भन्दा बढी व्यक्ति हराइरहेको बताइएको छ ।
स्थानीय बासिन्दा लिभिया रोजाले आफ्ना आफन्तहरू हिलोमा पुरिएको बताउँदै आशा अन्तिमसम्म बाँकी हुन्छ भन्दै उद्धारको प्रतीक्षा गरिरहेको बताइन् । मौसम विभागका अनुसार आगामी दिनहरूमा पनि वर्षा जारी रहने सम्भावना र उद्धार कार्यलाई थप जटिल बनाउन सक्नेछ ।
प्रारम्भिक तस्बिरहरूमा नदीको बहाव बदलिँदा जुइज दे फोराका विभिन्न क्षेत्रमा हिलो र फोहोर थुप्रिएको देखिएको छ । रियो दि जनेरियोबाट करिब ३१० किलोमिटर उत्तरमा रहेको उक्त सहरमा कम्तीमा ४४० जना विस्थापित भएका छन् ।
नजिकैको उबा सहरमा पनि सात जनाको मृत्यु भएको पुष्टि भएको छ । जुइज दे फोराकी मेयर मार्गरिडा सालोमोले सो क्षेत्रमा कम्तीमा २० वटा पहिरो गएको र केही घरहरू भत्किएको जानकारी दिइन् ।
मिनास जेरेइस अग्निनियन्त्रण विभागका अनुसार जुइज दे फोरामा १०८ जना र उबामा २८ जना उद्धारकर्मी परिचालन गरिएको छ । बेपत्ता व्यक्तिहरूको खोजी अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण