अफगानिस्तानको मुख्य प्रशिक्षकमा रिचर्ड पाइबस नियुक्त, जोनाथन ट्रटको स्थान लिने
सारांश
- अफगानिस्तान क्रिकेट बोर्डले रिचर्ड पाइबसलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
- पाइबसले जोनाथन ट्रटको स्थान लिनेछन्, जसले टी-२० विश्वकपपछि बिदा लिएका थिए।
- पाइबसले यूएईमा श्रीलंकाविरुद्धको शृङ्खलाबाट आफ्नो प्रशिक्षण यात्रा सुरु गर्नेछन्।
काबुल । अफगानिस्तान क्रिकेट बोर्डले आफ्नो राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकमा इंग्ल्याण्डमा जन्मिएका अनुभवी प्रशिक्षक रिचर्ड पाइबसलाई नियुक्त गरेको छ ।
तीन वर्षसम्म सफल कार्यकाल सम्हालेका जोनाथन ट्रटले टी- २० विश्वकपको समाप्तिसँगै बिदा लिएपछि अफगानिस्तानले पाइबसलाई सबै फर्म्याटका लागि टोलीको जिम्मेवारी सुम्पिएको हो ।
पाइबसले आगामी महिना संयुक्त अरब इमिरेट्स (यूएई) मा श्रीलंकाविरुद्ध हुने शृङ्खलाअघि नै टोलीको कमान सम्हाल्नेछन् । पाइबसको आफ्नै खेल जीवन चोटका कारण छोटो समयमै टुङ्गिए पनि प्रशिक्षकका रूपमा उनले विश्वभर आफ्नो छुट्टै पहिचान बनाएका छन् ।
सन् १९९९ देखि २००३ सम्म पाकिस्तानको मुख्य प्रशिक्षक रहँदा उनले टोलीलाई १९९९ को एकदिवसीय विश्वकपको फाइनलसम्म पुर्याएका थिए । यसबाहेक उनले बंगलादेश र वेस्ट इन्डिजको मुख्य प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन् ।
वेस्ट इन्डिजमा उनले निर्देशक र उच्च प्रदर्शन विज्ञका रूपमा ६ वर्ष बिताएका थिए भने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाका घरेलु लिगहरूमा पनि उनको प्रशिक्षण अनुभव निकै राम्रो रहेको छ ।
हालै सम्पन्न टी- २० विश्वकपको ग्रुप अफ डेथमा परेको अफगानिस्तान न्यूजिल्याण्ड र दक्षिण अफ्रिकासँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । विश्वकपको उक्त निराशाजनक प्रदर्शनपछि टोलीलाई नयाँ उचाइमा पुर्याउने चुनौती अब पाइबसको काँधमा आएको छ ।
उनले मार्च १३ देखि २५ सम्म यूएईमा हुने श्रीलंकाविरुद्धको तीन एकदिवसीय र तीन टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाबाट आफ्नो नयाँ यात्रा सुरु गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण