खिया लागेको सपना : तस्बिरमा हेर्नुहोस् बन्द अवस्थाको गोरखकाली रबर उद्योग
सारांश
- गोरखकाली रबर उद्योग लिमिटेड २०४२ सालमा स्थापना भई २०५० को दशकदेखि व्यावसायिक उत्पादनमा गएको थियो।
- चीनको सहयोगमा स्थापित उद्योगले राष्ट्रिय उत्पादनमा योगदान पुर्यायो र वार्षिक ८८ हजार टायर उत्पादन गर्थ्यो।
- विगत एक दशकदेखि बन्द रहेको उद्योगमा १० अर्ब बराबरको राज्य सम्पत्ति र सयौं रोपनी क्षेत्रफल झाडीले ढाकेको छ।
गोरखा नगरपालिका–१३ मझुवास्थित गोरखकाली रबर उद्योग लिमिटेड २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भई २०४२ सालमा तत्कालीन राजा वीरेन्द्रबाट शिलान्यास गरिएको थियो। नेपालको एकमात्र रबर उद्योगका रूपमा स्थापित यो उद्योग २०५० को दशकदेखि व्यावसायिक उत्पादनमा गएको थियो।
मित्र राष्ट्र चीनको सहयोगमा स्थापना भएको उद्योगले राष्ट्रिय उत्पादन र पुँजी वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको थियो। सरकारी र निजी साझेदारीमा सञ्चालित उद्योगले प्रतिवर्ष १ लाख २० हजार हेभी तथा लाइट सवारीका टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो। सञ्चालनका क्रममा वार्षिक करिब ८८ हजार टायर उत्पादन हुँदै आएको थियो। ट्रकका लागि १२ प्रकार, जीप तथा भ्यानका लागि ५ प्रकार र साना कारका लागि ६ प्रकारका टायर उत्पादन गरिन्थ्यो।
करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा सरकार, सर्वसाधारण, एसियाली विकास बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट र नेपाल साल्ट ट्रेडिङलगायतको लगानी थियो। प्रारम्भिक चरणमै करिब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए।
आन्तरिक बजारमा टायर तथा ट्युबको मागको करिब ४० प्रतिशत हिस्सा पूर्ति गर्न सफल उद्योगले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्दै आएको थियो। यहाँ उत्पादित टायर भारत, बङ्गलादेश र श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकमा निर्यात हुन्थे। काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, वीरगञ्ज र जनकपुरसहित ३० भन्दा बढी शहरमा डिपो स्थापना गरी बजार विस्तार गरिएको थियो।
तर विगत एक दशकदेखि उद्योग पूर्ण रूपमा बन्द अवस्थामा छ। करिब १० अर्ब बराबरको राज्य सम्पत्ति र सयौं रोपनी क्षेत्रफलमा फैलिएको संरचना अहिले झाडी र घारीले ढाकिएको छ। उद्योगका मेसिनमा खिया लागेको छ भने परिसर सुनसान देखिन्छ। हाल सुरक्षाका लागि केही सुरक्षागार्ड मात्रै खटाइएको छ।
_jXbKCVgrMD.jpg)
_Rgjs6nkGNE.jpg)
_vcOYk9jNe4.jpg)
_TyLROZ4GGo.jpg)
_UKlEoQTJ05.jpg)
_rKVJEJOAo3.jpg)
_6fdm2tw878.jpg)
_8PP8SsX6In.jpg)
_aB2WRP5QVt.jpg)
_J1OkiTDaMd.jpg)
_rQlFmCGCZn.jpg)
_nNqAYHzl0Z.jpg)
_RqbtXiuvgO.jpg)
_LQa06CJbrt.jpg)
_G99G7s0aHF.jpg)
_iEVlVwH30s.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण