निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार यतिबेला सुनसान छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएपछि मन्त्री, सांसद र राजनीतिक दलका शिर्ष नेताहरू निर्वाचन प्रयोजनका लागि आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएसँगै सिंहदरबारको चहलपहल घटेको हो ।
निर्वाचन आउन अब मात्र ५ दिन बाँकी छ । आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेताहरू यतिबेला घरदैलो अभियान र चुनावी सभाहरूमा व्यस्त छन् । काठमाडौंका ठूला होटलदेखि चिया पसलसम्म चुनावी चर्चा चुलिएको भएपनि नीति निर्माणको थलो सिंहदरबार भने कर्मचारीहरूको नियमित उपस्थितिमा मात्र सिमित भएको छ ।
सिंहदरबारभित्रका विभिन्न मन्त्रालयहरूमा सर्वसाधारणको उपस्थिति नगन्य छ । मन्त्रीहरू पनि चुनावी सुरक्षा लगायतका प्रवन्ध र व्यवस्थापनको सुनिश्चितताका लागि विभिन्न जिल्लामा पुगेका छन् । यसले मन्त्रालयका दैनिक कार्यसम्पादनमा समेत केही सुस्तता देखिएको छ ।
गाउँ–गाउँमा चुनावी रौनक बढिरहँदा सिंहदरबारको यो मौनताले निर्वाचनको संवेदनशीलता र शक्ति विकेन्द्रीकरणको अभ्यासलाई पनि संकेत गरेको छ । अबको केही दिनमा हुने मतदानले सिंहदरबारमा नयाँ अनुहारहरू भित्र्याउनेछ वा पुरानाकै निरन्तरता हुनेछ । त्यो भने आम मतदाताको हातमा छ । —न्युज ऐजन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण