सुर्खेतमा निर्वाचनका बेला मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन निषेध
सारांश
- सुर्खेतमा फागुन २१ गते हुने निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ।
- जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन यस्तो निर्णय गरेको जनाएको छ।
- निर्वाचनको समयमा एम्बुलेन्स र अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ।
सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका बेला सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबार एक जरुरी सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निषेध गरिएको जनाएको छ ।
‘सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनबाट शान्ति सुरक्षामा पर्न सक्ने असरलाई मध्यनजर गरी सुर्खेत जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो,’सूचनामा भनिएको छ ।
शुक्रबार(आज)देखि लागू हुने गरी निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभित्र मादक पदार्थ बिक्री वितरण तथा सेवन नगर्न/नगराउनुहुन प्रशासनले आग्रह गरेको छ ।
सूचनाको अवज्ञा गरी कुनै पनि गतिविधिहरू भए/गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।
यस्तै, २० गते राती १२ः०० बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।
यद्यपि एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध ढुवानी गर्ने सवारी, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी र अनुमति प्राप्त सवारी साधन भने चल्ने छन्।
सहायक प्रमुख जिल्ला अधिकारी डिल बहादुर कार्कीका अनुसार, मानवरहित हवाई उपकरण (ड्रोन) सञ्चालनमा समेत रोक लगाइएको छ ।
१८ गतेदेखि मतदान कार्य सम्पन्न नभएसम्म ड्रोन उडानमा रोक लगाइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण