उडान रद्द हुँदा अलपत्र यात्रुलाई लोकतान्त्रिक होटल व्यवसायी संघको सहयोग
सारांश
- मध्यपूर्वको परिस्थितिका कारण नेपालबाट हुने हवाई उडान रद्द हुँदा यात्रुहरू अलपत्र परेका छन्।
- लोकतान्त्रिक होटल व्यवसायी संघले अलपत्र परेका यात्रुहरूलाई खाना र बसोबासको व्यवस्था मिलाउँदैछ।
- संघले समस्यामा परेका यात्रुहरूलाई सहयोगका लागि सम्पर्क गर्न आह्वान गर्दै फोन नम्बरहरू सार्वजनिक गरेको छ।
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण नेपालबाट त्यस क्षेत्रतर्फ हुने विभिन्न हवाई उडानहरू रद्द भएका छन् । उडान रद्द भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुहरू समस्यामा परेका छन् ।
अवस्थालाई मध्यनजर गर्दै लोकतान्त्रिक होटल व्यवसायी संघले मानवीय सहयोग प्रदान गर्न अग्रसरता देखाएको छ । संघका अनुसार, उडान रद्द भएर विमानस्थलमा अलपत्र परेका यात्रुहरूका लागि खाना तथा बसोबासको व्यवस्था मिलाउन संघका सदस्यहरूबिच समन्वय भइरहेको छ । अप्ठ्यारो परिस्थितिमा परेका यात्रुहरूले केही राहत महसुस गरून् भन्ने उद्देश्यले यो पहल गरिएको संघले जनाएको छ ।
संघले एक सूचना जारी गर्दै समस्यामा परेका यात्रुहरूलाई आवश्यक सहयोगका लागि सम्पर्क गर्न अनुरोध गरेको छ । साथै, संघले सम्पर्क व्यक्तिहरूको फोन नम्बरसमेत सार्वजनिक गरेको छ ।
सम्पर्कका लागि:
खिमानन्द बस्याल – ९८५१११७८३४
तुलसीराम भण्डारी – ९८५१०९०७८७
शैलेन्द्र विक्रम थापा – ९८५११९५२११
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण