टी–२० विश्वकप: पाकिस्तान बाहिर, न्युजिल्यान्ड सेमिफाइनलमा
सारांश
- टी-२० विश्वकपको सुपर-८ मा पाकिस्तानले श्रीलंकालाई ५ रनले हरायो।
- यो जितले पाकिस्तानलाई सेमिफाइनलमा पुर्याउन सकेन ।
- न्यूजील्याण्डले सुपर-८ पछि सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
काठमाडौँ । टी–२० विश्वकपको सुपर–८ चरणको रोमाञ्चक र निर्णायक खेलमा पाकिस्तानले श्रीलंकालाई ५ रनले पराजित गरेको छ । तर, यो जितका बाबजुद पाकिस्तान सेमिफाइनलमा पुग्न भने असफल भएको छ । यस नतिजासँगै न्युजिल्यान्डले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ ।
क्यान्डीको पल्लेकेले अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार भएको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१२ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा २१३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले कडा चुनौती प्रस्तुत गरे पनि २० ओभरमा ६ विकेट गुमाएर २०७ रनमा समेटिएपछि पाकिस्तानले खेल जितेको हो ।
पाकिस्तानलाई सेमिफाइनलमा पुग्न यो खेल जित्नु मात्र पर्याप्त थिएन । शुक्रबार इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेपछि बनेको समीकरण अनुसार, पाकिस्तानले न्युजिल्यान्डलाई नेट रन रेटमा पछि पार्न श्रीलंकालाई कम्तीमा ६४ रनको फराकिलो अन्तरले हराउनु पर्ने वा पाएको लक्ष्य १३.१ ओभरभित्र पूरा गर्नुपर्ने थियो ।
तर, शनिबारको खेलमा साँघुरो जित निकालेका कारण पाकिस्तान नेट रन रेटमा पछि पर्यो र प्रतियोगिताबाट बाहिरिन पुग्यो । यससँगै पाकिस्तानले टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा सान्त्वना जित हासिल गरे पनि प्रतियोगितामा उसको यात्रा समाप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण