मध्यपूर्वको तनावले पेट्रोलियम पदार्थ आपूर्तिमा कस्तो प्रभाव पार्ला ?
सारांश
- नेपाल आयल निगमले मध्यपूर्वको तनावका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ।
- निगमका अनुसार भारतसँगको सम्झौता अनुसार नियमित इन्धन आइरहेको र पाइपलाइनबाट २४ सै घण्टा आपूर्ति भइरहेको छ।
- आगामी १५ दिनसम्म पेट्रोलियम पदार्थको मूल्य यथावत रहने र बजारमा कुनै अभाव हुन नदिने निगमको प्रतिबद्धता छ।
काठमाडौँ । नेपाल आयल निगमले मध्यपूर्वमा बढ्दै गएको तनावका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा प्रभाव नपर्ने स्पष्ट पारेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले इन्धनको आपूर्ति नियमित रहेको र उपभोक्ता आत्तिनुपर्ने अवस्था नरहेको बताए ।
प्रवक्ता ठाकुरले नेपालको इन्धन आपूर्ति प्रणाली सुरक्षित र व्यवस्थित रहेको दाबी गरे । ‘हाम्रो भारतसँग सम्झौता छ र हामीले जति माग्छौँ त्यति नै इन्धन नियमित रूपमा आइरहेको छ,’ उनले भने,‘पाइपलाइनमार्फत २४ सै घण्टा आपूर्ति भइरहेकाले इन्धनको संकट आउने कुनै सम्भावना छैन ।’
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आए पनि निगमले हाललाई मूल्य यथावत राखेको छ । आगामी १५ दिनसम्म पेट्रोलियम पदार्थको मूल्यमा कुनै हेरफेर नहुने र माग अनुसारको पर्याप्त आपूर्ति भइरहेको बताए ।
निगमले पाइपलाइन र ट्याङ्कर दुवै माध्यमबाट इन्धन आयात भइरहेको र भण्डारण क्षमता समेत पर्याप्त रहेकाले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण