इरानविरुद्धको सैन्य कारबाहीमा तीन अमेरिकी सैनिक मारिए
आइतबार, १७ फागुन २०८२, २१ : ३९
सारांश
- इरानमाथि अमेरिकी सैन्य आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ।
- शनिबारदेखि सुरु भएको आक्रमणमा पाँच सैनिक घाइते भएका छन्।
- अमेरिकी सेन्ट्रल कमाण्डले मृतक सैनिकको नाम २४ घन्टापछि सार्वजनिक गर्ने जनाएको छ।
काठमाडाैँ । इरानमाथि अमेरिकी सैन्य आक्रमणका क्रममा अमेरिकी सेनाले मानवीय क्षति बेहोरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड ९सेन्टकम० ले आइतबार राति दिएको जानकारी अनुसार, इरानविरुद्धको कारबाहीका क्रममा तीन जना अमेरिकी सैनिक मारिएका हुन्।
शनिबारदेखि अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेयता अमेरिकी पक्षमा भएको यो पहिलो मृत्यु हो। यस क्रममा अन्य पाँच जना सैनिकहरू गम्भीर घाइते भएको समेत अमेरिकी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्।
सेन्ट्रल कमाण्डका अनुसार, मारिएका सैनिकहरूको पहिचान तत्काल सार्वजनिक गरिने छैन। सैनिक मर्यादा र नियम अनुसार, मृतकका परिवारलाई जानकारी गराएको २४ घण्टापछि मात्र उनीहरूको नाम सार्वजनिक गरिने सेन्टकमले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण