मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: रास्वपाको उद्गमस्थलमै मूल नेतृत्वलाई धावा दिने प्रयास, भारत विश्वकप सेमिफाइनलमा

सोमबार, १८ फागुन २०८२, ०० : ०१
सोमबार, १८ फागुन २०८२

सारांश

  • चितवन-२ को निर्वाचनबारे विश्लेषण गरिएको छ, जहाँ मतदाताको प्रतिक्रिया फरक-फरक देखिएको छ।
  • मध्यपूर्वमा विकसित घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाको प्रबन्ध मिलाइएको छ।
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुर जिल्ला प्रशासनले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१. रातोपाटी ग्राउन्ड जिरो: चितवन–२

निर्वाचनको माहोलबारे बुझ्दा उनले भने, ‘यहाँ धेरैले घण्टी घण्टी भन्छन्, म चाहिँ मीनालाई भोट दिने हो।

२. मध्यपूर्वमा तनाव

सरकारले मध्यपूर्वमा देशको विमानस्थलमा रहेका नेपालीहरूलाई सोही स्थानमा सुरक्षित राख्ने प्रबन्ध गरेको जनाएको छ। 

३. रास्वपासँग मिल्नु गल्ती

देशमा लोडसेडिङ हटाउने कार्यको नेतृत्व कुलमान घिसिङ राजनीतिक यात्रामा निस्किएका छन् । 

४. दुर्गा प्रसाईं हिरासतमा 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

५. मधेसकेन्द्रित दलहरूको अवस्था

यसपटकको निर्वाचनमा मधेसवादी दलको खासै चर्चा छैन । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै होलाजस्तो छ ।’  

६. विश्वकप

७. अदालत

उच्च सरकारी वकिल कार्यालय पाटनले सिंहदरबार जलाएको अभिव्यक्ति दिएका आरोपी महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय गरेको छ।

८. सडक, पुल लगायतका पूर्वाधारको आयु घट्दै 

प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रक नदीमा खस्दा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ (चालक) गम्भीर घाइते भएका छन् । उक्त ट्रकले निर्माणाधीन कासुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री बोकेको थियो ।  

९. कांग्रेसलाई प्रलोपाको समर्थनले गोरखामा कसलाई पर्ला असर ?

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गोरखाको दुवै क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेसँगै चुनावी प्रतिस्पर्धा रोचक बन्ने भएको छ।

१०. असुरक्षित मतदाता 

त्यसै क्रममा उनीहरूले सानो पसलमा चटपटे खाएर बसिरहेका स्थानीय युवतीहरूलाई ‘भोट केमा ?’ भनेर सोधे ।

११. यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु 

यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ ।

१२. जसले इरानलाई कहिल्यै अमेरिकासामु झुक्न दिएनन्

शनिबार इरानका सर्वोच्च नेता अली खामेनीको निवासमा भएको अमेरिका–इजरायल संयुक्त हवाई आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको घोषणा गरेका छन्। ट्रम्पले खामेनी र अन्य इरानी अधिकारीहरू अमेरिकी जासुसी संयन्त्र र अत्याधुनिक ट्र्याकिङ प्रणालीबाट उम्कन नसकेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप