नेपाल आइडल जुनियरको निर्णायकमा अस्मिता, महेश प्रस्तोता
सारांश
- अस्मिता अधिकारी नेपाल आइडल जुनियरको निर्णायकमा नियुक्त भएकी छिन्।
- महेश काफ्ले कार्यक्रमको प्रस्तोतामा आबद्ध भएका छन्।
- सुगम पोखरेल र सुवानी मोक्तान पनि निर्णायक मण्डलमा रहनेछन्।
काठमाडौँ । गायिका अस्मिता अधिकारी नेपाल आइडल जुनियरको निर्णायकमा नियुक्त भएकी छिन् । सामाजिक सञ्जालमार्फत अधिकारीले नै यस विषयमा जानकारी दिएकी हुन् ।
उनले लेखेकी छिन्– 'नेपाल आइडल जुनियरको निर्णायकमा आबद्ध भएकी छु। धेरै समय भएको छैन, प्रतिस्पर्धीको रूपमा नेपाल आइडलको मञ्चमा उभिँदै डराउँदै–डराउँदै ‘मेरो प्यारो मान्छे तिमी’ गाएर अडिसन दिएको। त्यसपछि तपाईँहरूबाट पाएको अपार माया र विश्वासकै उपहारस्वरूप, स्टुडियो स्टेज हुँदै आज फेरि उही मञ्चमा फरक जिम्मेवारीका साथ फर्किन पाएकी छु।'
गायक महेश काफ्ले यस कार्यक्रमको प्रस्तोतामा आबद्ध भएका छन् । अधिकारीले लेखेकी छिन्– 'कार्यक्रम प्रस्तोताको रूपमा आफ्नै श्रीमान् महेश काफ्ले ज्यू आबद्ध हुनु भएकाले कार्यक्रम अझ रोचक र स्मरणीय बन्ने आशा लिएकी छु।'
यस सिजनको निर्णायक मण्डलमा अधिकारीसहित सुगम पोखरेल, सुवानी मोक्तान रहनेछन्। कार्यक्रममा प्रस्तोताका रूपमा काफ्ले र डाक्टर शरिसा श्रेष्ठ आबद्ध भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण