मिथिला माध्यमिकी परिक्रमा जनकपुरधाम आइपुग्यो
जनकपुरधाम । मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम आइपुगेको छ । फागुन ४ गतेदेखि विधिवत् रूपमा सुरु भएको परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरू सोमबार बिहान जनकपुरधाम प्रवेश गरेका हुन्।
परिक्रमामा सहभागीहरूले आज राति एक बजेदेखि जनकपुरधामको नगर परिक्रमा गर्ने चलन छ । जसलाई अन्तगृह परिक्रमा ‘पञ्चकोसी परिक्रमा’ समेत भन्ने गरिन्छ । माध्यमिकी परिक्रमामा श्रद्धालुबाहेक अन्य श्रद्धालु समेत सहभागी हुने परम्परा रहेको छ। अन्तगृह परिक्रमा सम्पन्न भएसँगै मधेस क्षेत्रमा होली पर्व मनाउने चलन छ।
_kMeyRdUbJF.jpg)
मिथिला महात्म्य अनुसार परिक्रमा तीन प्रकारका हुन्छन्—वृहत, मध्यमा र लब्धि। तीमध्ये मध्यमा परिक्रमा नै मिथिला माध्यमिकी परिक्रमा हो । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरधामस्थित अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर हुँदै जनकपुरको हनुमाननगर पुगेपछि परिक्रमा विधिवत् रूपमा प्रारम्भ हुने परम्परा छ।
_s0nDCiyJCy.jpg)
१८ औँ शताब्दीमा सियालालजी शरण नामक सन्तले परिक्रमा प्रारम्भ गरेको मान्यता छ। नेपाल र भारतबिच धार्मिक, सांस्कृतिक तथा पारम्परिक सद्भावको प्रतिक मानिने यस परिक्रमा अन्तर्गत नेपालका १३ तथा भारतका २ गरी १५ विश्रामस्थल पार गर्दै करिब १ सय ३३ किलोमिटर पैदल यात्रा गरिने गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण