गेटफेसँग रियल म्याड्रिड स्तब्ध
सारांश
- रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलमा गेटफेसँग १-० गोलले पराजित भयो।
- गेटफेका मार्टिन साट्रियानोले निर्णायक गोल गरे, जसले टोलीलाई जित दिलायो।
- खेलको अन्तिम समयमा दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाए।
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज भएको खेलमा बलियो टोली रियल म्याड्रिड गेटफेसँग १–० गोल अन्तरले स्तब्ध भएको छ । घरेलु मैदानमा भएको प्रतिस्पर्धामा रियल म्याड्रिडले हार बेहोर्नु परेको हो ।
गेटफेको जितमा मार्टिन साट्रियानोले निर्णायक गोल गरे । उनले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सोही गोल नै खेलको निर्णायक सावित भयो र गेटफेले महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।
खेलको अन्तिम समय (इन्जुरी समय) निकै तनावपूर्ण बनेको थियो । थपिएको अतिरिक्त सयमा रियल म्याड्रिडका फ्रान्को मस्टान्टुओनोले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यसको दुई मिनेटपछि गेटफेका एड्रियन लिसोले पनि रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए ।
यो हारका बाबजुद रियल म्याड्रिड २६ खेलबाट ६० अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत छ । यता, समान २६ खेल खेलेको गेटफेको भने ३२ अंक पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण