विश्वकप २०२६ मा इरानको सहभागितालाई लिएर ट्रम्पले के भने ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ मा इरानको सहभागिताप्रति चासो नभएको बताए।
- इरान र अमेरिकाबीचको बढ्दो तनावका कारण इरानले विश्वकप खेल्ने विषयमा अन्योल व्यक्त गरेको छ।
- इरानी फुटबल महासंघका अध्यक्षले विश्वकपलाई लिएर आशावादी हुन नसकिने बताएका छन्, र फिफाले सुरक्षित विश्वकप आयोजना गर्ने जनाएको छ।
वासिङ्टन डीसी । आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको फिफा विश्वकप २०२६ को पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सहभागितालाई लिएर अभिव्यक्ति दिएका छन् ।
अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य प्रहार र त्यसको जवाफमा इरानले खाडी मुलुकहरूमा सुरु गरेको प्रत्याक्रमणका कारण बढ्दो तनावका बिच ट्रम्पले इरानको उपस्थितिप्रति आफूलाई कुनै चासो नभएको स्पष्ट पारेका हुन्।
पोलिटिकोसँगको कुराकानीमा ट्रम्पले इरान विश्वकपमा सहभागी हुने वा नहुने विषयले आफूलाई कुनै फरक नपार्ने बताए। उनले इरानलाई राम्ररी पराजित भइसकेको देशको संज्ञा दिँदै अहिले इरान निकै कमजोर अवस्थामा रहेको दाबी गरे।
इरानमाथि अमेरिकाले गत वर्ष तीन वटा आणविक केन्द्रहरूमा बमबारी गर्दा पनि इरानले विश्वकपबाट नाम फिर्ता लिएको थिएन। तर, अहिलेको गम्भीर सुरक्षा सङ्कट र सैन्य तनावका कारण इरान आफैँले विश्वकप खेल्ने विषयमा अन्योल व्यक्त गरेको छ।
इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले स्थानीय टेलिभिजनसँग कुरा गर्दै अहिलेको परिस्थितिमा विश्वकपलाई लिएर आशावादी हुन सक्ने अवस्था नरहेको बताएका छन् । उनले यसबारे देशका खेलकुद अधिकारीहरूले छिट्टै आवश्यक निर्णय लिने जानकारी दिए।
इरानले लगातार चौथो पटक विश्वकपमा स्थान बनाएको छ र समूह चरणमा न्युजिल्याण्ड, बेल्जियम र इजिप्टसँग लस एन्जलस र सियाटलमा खेल्ने तालिका छ।
यता फिफाले भने सबै देशको सहभागितामा एक सुरक्षित विश्वकप आयोजना गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताएको छ। फिफाका महासचिव मटियास ग्राफस्ट्रोमले शनिबार सबैको सहभागितामा खेलकुदको वातावरण बनाउन जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण