अमेरिकी नौसेनाले भारतीय बन्दरगाह प्रयोग गरिरहेको दाबी झूटो र भ्रामक: भारत
सारांश
- भारतीय विदेश मन्त्रालयले इरानविरुद्धको युद्धमा अमेरिकी नौसेनालाई बन्दरगाह प्रयोग गर्न अनुमति दिएको कुरा अस्वीकार गर्यो।
- अमेरिकी रक्षा सचिवका पूर्व सल्लाहकारको भनाइलाई खण्डन गर्दै मन्त्रालयले दाबीलाई झूटो र भ्रामक भनेको छ।
- श्रीलङ्काको तट नजिकै इरानी युद्धपोतमाथि अमेरिकी आक्रमणको चासोबीच भारतको यो स्पष्टीकरण आएको हो।
काठमाडौँ । भारतीय विदेश मन्त्रालयले इरानविरुद्धको युद्धमा अमेरिकी नौसेनालाई आफ्ना बन्दरगाहहरू प्रयोग गर्न अनुमति दिएको भन्ने दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।
अमेरिकी रक्षा सचिवका पूर्व सल्लाहकार डगलस म्याकग्रेगरले एक सञ्चारमाध्यममा अमेरिकी नौसेनाका जहाजहरूले द्वन्द्वका बिच भारतीय बन्दरगाह प्रयोग गरिरहेको हुन सक्ने दाबी गरेका थिए । उक्त दाबीको खण्डन गर्दै भारतीय परराष्ट्र मन्त्रालयले यसलाई झूटो र भ्रामक भनेको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अमेरिकी सञ्चारमाध्यम मार्फत भारतीय बन्दरगाहहरू अमेरिकी नौसेनाले प्रयोग गरिरहेको भनी गरिएका दाबीहरू झूटो र असत्य हुन् । हामी यस्ता निराधार र कपोलकल्पित टिप्पणीहरूबाट सतर्क रहन आग्रह गर्दछौँ।’
श्रीलङ्काको तट नजिकै एक इरानी युद्धपोतमाथि अमेरिकी पनडुब्बीले गरेको आक्रमणलाई लिएर बढ्दो चासोका बिच भारतको यो स्पष्टीकरण आएको हो । सो इरानी युद्धपोत भारतले आयोजना गरेको सैन्य अभ्यासमा सहभागी भएर फर्किने क्रममा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण