बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खानी क्षेत्र विकासमा सहकार्य गर्न भेनेजुएला र अमेरिका तयार

बिहीबार, २१ फागुन २०८२, १० : २०
बिहीबार, २१ फागुन २०८२

सारांश

  • भेनेजुएला र अमेरिकाले खानी क्षेत्रको विकासका लागि सहकार्य गर्ने भएका छन्।
  • भेनेजुएलाले विदेशी लगानी आकर्षित गर्न खानीसम्बन्धी कानुनमा सुधार गर्ने तयारी गरेको छ।
  • अमेरिकी मन्त्री र खानी कम्पनीका प्रतिनिधिहरूसँगको भेटले लगानी र रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

कारकास । भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज र अमेरिकी आन्तरिक मन्त्री डग बर्गमले भेनेजुएलाको खानी क्षेत्र विकासका लागि दुई देशले सहकार्य गर्ने बताएका छन् । बर्गमले राजधानी काराकासस्थित राष्ट्रपति भवनमा रोड्रिगेजसँग भेट गरेका थिए । जनवरीमा अमेरिकी कारबाहीपछि पूर्वराष्ट्रपति निकोलास मादुरो पक्राउ परेपछि कुनै अमेरिकी मन्त्रीको भेनेजुएला भ्रमण गरेको यो दोस्रो पटक हो ।

सरकारले चाँडै खानीसम्बन्धी कानुनमा सुधार ल्याउने तयारी गरिरहेको रोड्रिगेजले बताएकी छिन् । यसले विदेशी लगानीलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ । भेनेजुएलाले यसअघि राष्ट्रियकरण गरिएको तेल क्षेत्रमा पनि बढी विदेशी लगानी आउन दिने गरी कानुन परिवर्तन गरिसकेको छ । अब खानी क्षेत्रमा पनि यस्तै सुधार ल्याउने योजना बनाइएको छ ।

भेनेजुएला विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको देशमध्ये एक हो र यहाँ सुन, हीरा तथा मोबाइल फोन र विद्युतीय सवारीसाधनमा प्रयोग हुने दुर्लभ खनिजहरू समेत प्रशस्त पाइन्छन् । अमेरिकाका प्रतिनिधिहरूसँगको भेटमा दुई दर्जनभन्दा बढी अमेरिकी खानी तथा खनिज कम्पनीका प्रतिनिधि पनि सहभागी भएका थिए, जसले अर्बौ डलर लगानी र हजारौँ रोजगारी सिर्जना हुन सक्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप