मध्यपूर्वबाट युरोपका सहरतर्फ राहत उडान सञ्चालन गर्दै कतार एयरवेज
बिहीबार, २१ फागुन २०८२, १२ : ०३
सारांश
- कतार एयरवेजले मध्यपूर्वबाट लन्डन लगायतका शहरहरूमा राहत उडान गर्ने घोषणा गरेको छ।
- यी उडानहरू ओमानको मस्कट र साउदी अरेबियाको रियादबाट प्रस्थान गर्नेछन्।
- कतार एयरवेजले कतारी हवाई क्षेत्र बन्द भएकाले मुख्य उडानहरू स्थगित गरेको जनाएको छ।
दोहा । कतार एयरवेजले बिहीबार मध्यपूर्वबाट लन्डन, बर्लिन, कोपेनहेगेन, म्याड्रिड, रोम र एम्स्टड्यामतर्फ राहत उडान सञ्चालन गर्ने घोषणा गरेको छ । यी उडान ओमानको मस्कटबाट प्रस्थान गर्नेछन् । त्यसैगरी, साउदी अरेबियाको रियादबाट फ्राङ्कफुर्टतर्फ अर्को उडान रहने बताइएको छ ।
एयरलाइनले सामाजिक सञ्जाल एक्समा जारी गरेको वक्तव्यमा दोहा नजिकका कतारी हवाई क्षेत्र बन्द भएकाले मुख्य उडानहरू अस्थायी रूपमा स्थगित रहेको बताइएको छ ।
उक्त वक्तव्यमा यात्रुहरूलाई कतार एयरवेजबाट आधिकारिक सूचना प्राप्त नगरी विमानस्थल जान नहुन अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण