बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

६ हजार ५४१ उम्मेदवारको भविष्य बाक्सामा कैद

बिहीबार, २१ फागुन २०८२, १७ : ०१
बिहीबार, २१ फागुन २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचन २०८२ बिहीबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्पन्न भयो, तर लाइनमा भएकाहरूले मतदान गर्न पाए।
  • निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि जम्मा २७५ सिटका लागि ६ हजार ५४१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
  • निर्वाचनमा देशभर १ करोड ८९ लाखभन्दा बढी मतदाता थिए, र आयोगका अनुसार ५० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक जानकारी छ।

काठमाडौँ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेकाहरूले भोट हाल्न अझै पाउने जनाएको छ । तर, निर्धारित समय ५ बजेभित्र लाइनमा नस्बनेले भने मतदान गर्न पाउने छैनन् । 

निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट गरी कुल २७५ सिटका लागि भएको निर्वाचनमा कुल ६ हजार ५४१ उम्मेदवार मैदानमा छन् । 

जसअनुसार अनुसार निर्वाचनमा  प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।   यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । आयोगले ५० प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भिक जानकारी दिएको छ । 

 निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका थिए। यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका थिए। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो । 

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । यस्तै निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन् ।  आयोगले छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप