झापामा खस्यो ६५ प्रतिशत बढी मत, ओली–बालेनको क्षेत्रमा ७० प्रतिशत खसेको अनुमान
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
विराटनगर । झापामा आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्ला निर्वाचन अधिकृत तुलसी कुमार नेपालले दिएको जानकारी अनुसार, जिल्लाका विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६५ प्रतिशतभन्दा बढी मत खसेको हो । झापा क्षेत्र नं। ५ मा भने जिल्लाको औसतभन्दा केही बढी मतदान भएको पाइएको उनले बताए । त्यहाँ ७० प्रतिशत हाराहारी मतदान भएको अनुमान छ ।
‘हाम्रो अस्थायी सूचना प्रणाली मार्फत प्राप्त विवरण अनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक प्रतिवेदन तयार भएको छ । झापा क्षेत्र नं। ५ मा यो प्रतिशत अझ केही बढी देखिएको छ,’ नेपालले भने ।
उनले अहिले जिल्लाका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गर्ने कार्य भइरहेको बताए । राति ९ बजेसम्ममा सबै मतपेटिकाहरू संकलन भइसक्ने र त्यसपछि मुचुल्का तथा सिल नम्बर रुजु गर्ने कार्य सुरु हुनेछ ।
‘मतपेटिकाहरू रुजु गर्न करिब राति १० देखि ११ बजेसम्म लाग्न सक्छ,’ उनले भने, ‘त्यसपछि पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय र सर्वपक्षीय बैठक राखेर आजै रातिबाट मतगणना प्रारम्भ गर्ने हाम्रो योजना छ ।’ झापाका पाँचवटै निर्वाचन क्षेत्रमा आजै रातिबाट गणना कार्य सुरु गर्ने गरी तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण