अपडेट
काठमाडौँ-९ को मतगणना केहीबेरमा सुरु हुने
बिहीबार, २१ फागुन २०८२, २३ : ५४
सारांश
- काठमाडौं क्षेत्र नम्बर ९ को मतगणना साढे १२ बजेदेखि सुरु हुने भएको छ।
- निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ।
- कांग्रेसबाट नानुमैया बास्तोला, एमालेबाट अजयक्रान्ति शाक्य लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ९ को मत गणना साढे १२ बजेदेखि सुरु हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले सबै मतदानस्थलबाट मतपेटिका सङ्कलनको काम सकिएर सर्वदलीय बैठक बस्ने तयारी भइरहेको काठमाडौँ ९ की निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन् ।
उनका अनुसार केहीबेरमा सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना थाल्ने तयारी गरिएको छ । उनले भनिन्, ‘अहिले सर्वदलीय बैठक बस्ने तयारी गरेका छौँ । सर्वदलीय बैठक सकिएसँगै मतगणना पनि सुरु हुन्छ ।’
काठमाडौँ ९ मा कांग्रेसबाट नानुमैया बास्तोला, एमालेबाट अजयक्रान्ति शाक्य, नेपाली कम्युनिस्ट पार्टीबाट राधाकृष्ण महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राप्रपाबाट दिलकुमार कार्कीलगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण