बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
रास्वपाको पक्षमा लहर, देशभरका LIVE UPDATES एकैठाउँमा
LIVE UPDATES

LIVE UPDATES : रास्वपाको पक्षमा लहर, देशभरका LIVE UPDATES एकैठाउँमा

शुक्रबार, २२ फागुन २०८२, २३ : ००
Live

बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर देखिएको छ । देशभरका चुनावी लाइभ अपडेटमा पाठकवृन्दलाई स्वागत छ । 

पर्साका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, तीन वटामा कांग्रेस र एउटा क्षेत्रमा एमाले मुख्य प्रतिस्पर्धी

पर्सा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा जिल्लाका चार वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता बनाएको छ । तीमध्ये तीन वटा क्षेत्रमा रास्वपाको मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेस देखिएको छ भने एउटा क्षेत्रमा एमालेले चुनौती दिएको छ ।

पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका बुद्धि प्रसाद पन्तले ८ हजार ४३ मतसहित अग्रता बनाउँदा नेकपा एमालेका प्रदिप यादव ४ हजार २४७ मतसहित दोस्रो स्थानमा छन् । 

यस्तै क्षेत्र नम्बर २ मा रास्वपाका सुशील कुमार कानुले १२ हनार २०५ मतसहित अग्रता बनाउँदा नेपाली कांग्रेसका अजय कुमार चौरसिया ४ हजार ८५५ मतसहित दोस्रो स्थानमा छन् ।

हुम्लामा १६१५ मत गणना हुँदा रास्वपाले ७ मत पायो, बदर २८

हुम्ला । हुम्लामा हालसम्म कुल १६१५ मत गणना हुँदा नेपाल कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकायाले अग्रता बनाइरहेका छन् । अहिले ताजाकोट गाउँपालिकाको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । जसअनुसार २८ मत बदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टासी ल्हाजोमले भने मात्र ७ मत पाएकी छन् । 

रास्वपाले यिनलाई सुरुवातमा समानुपातिक सूचीमा समावेश गरेको थियो । आलोचना बढेपछि उनले आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएर प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन् । 

ताजाकोट गाउँपालिकाका वडा नम्बर १, २, ३ र ५ को मतगणना सकिँदा रोकायाले ८६३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसअनुसार नेपाली कांग्रेसका जयपति रोकायाले २७७ मत पाएका छन् भने नेकपा एमालेका दल फडेराले ३७९ मत ल्याएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गुलाफ चिह्नधारी कुम्भ बुढाले ६४ मत पाएका छन् । यहाँ राप्रपाले मतको खाता खोल्न सकेको छैन । 

१८ वर्षपछि ‘ब्यालेट’मा फर्किएका प्रकाण्डको लज्जास्पद हार !

सुर्खेत । विप्लव नेतृत्वको माओवादी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को एउटा भिडियो सामाजिक सञ्जालमा चर्चामा छ— सबै संसदवादी दलहरू एक भए पनि र प्रचण्ड नै कालिकोटमा चुनाव लड्न आए पनि म चुनाव जित्छु ।

चुनाव हुनुभन्दा अगाडि नै सार्वजनिक उक्त भिडियोमा उनी ‘कन्फिडेन्ट’का साथ कालिकोटमा चुनाव जित्ने दावी गरिरहेका थिए ।

उनी सोही अनुसार, १८ वर्षपछि ‘ब्यालेट’ मा फर्किए । गुलाफको फुल चुनाव चिन्ह लिएर बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका प्रकाण्डले निर्वाचन अवधिभर जबरजस्त माहौल पनि तताए ।

हालसम्म तीन दलका १२ उम्मेदवार विजयी (सूचीसहित)

विजयी रास्वपा उम्मेदवारहरूः

नेपाली कांग्रेसका ३ उम्मेदवार 

नेकपाका विजयी उम्मेदवारः

आ–आफ्नो निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारसँग पछि परे उपेन्द्र यादव र सीके राउत

राजविराज । प्रतिनिधि सभा निर्वाचनको जारी मत गणनामा मधेसवादी दलका दुई मुख्य नेता उपेन्द्र यादव र सीके राउत आ–आफ्नो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसँग पछि परेका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार रामजी यादवसँगको प्रतिस्पर्धामा पिछडिएका हुन् । यादवले २ हजार ७५५ मत प्राप्त गर्दा राउत एक हजार २२७ मतसहित दोस्रो स्थानमा छन् ।

यस क्षेत्रमा जसपा नेपालका उमेश कुमार यादवले एक हजार ४५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामकुमार यादव १३३ मतमा सीमित छन् ।

सिन्धुली– २ मा नेकपाका लेखनाथ दाहालको अग्रता

सिन्धुली । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार लेखनाथ दाहाल (राजन) ले अग्रता कायम राखेका छन् । हालसम्म गणना गरिएको मतमध्ये दाहालले ६ हजार ३९१ मत पाएका छन् भने उनलाई रास्वपा उम्मेदवार आशिष गजुरेलले पछ्याइरहेका छन् ।

गजुरेलले ४ हजार ७९७ मत पाएका छन् । एमाले उम्मेदवार मनोजगंग थापाले ३ हजार ९३७ मत ल्याउँदा कांग्रेसकी उम्मेदवार सुशीला थिङले २ हजार ७५१ मत पाएकी छिन् ।

अहिलेसम्म खातै खोल्न नसकेको एमाले उम्मेदवारको यी १४ स्थानमा अग्रता

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्रता लिइरहँदा एमालेले भने अहिलेसम्म १४ स्थानमा मात्र अग्रता बनाएको हो । बाँके-२ मा मोहम्मद इश्तियाक राई १४ हजार ६१ मतका साथ अग्रतामा छन्।

त्यस्तै, तेह्रथुममा भानु भक्त ढकाल र गुल्मीमा गोकर्ण राज विष्टले पनि आफ्नो क्षेत्रमा अग्रता कायमै राखेका छन्। अन्य क्षेत्रमा भने एमालेका उम्मेदवारहरू प्रतिस्पर्धामा निकै पछाडि परेका देखिन्छन्।

एमालेले अग्रता लिएका १४ निर्वाचन क्षेत्र र उम्मेदवारहरूको नामावली -

एमालेले कहिल्यै नहारेको कास्की– २ मा रास्वपाको जित सुनिश्चित

पोखरा ।  एक समय थियो, देशैभरि हारे पनि कास्की २ मा एमालेलाई कसैले हराउन नसक्ने । २०६४ को भरभराउँदो माओवादीलाई समेत हराएको एमालेले कास्की २ मा यसपालि आफ्नो विरासत जोगाउन सकेन ।

पिएन क्याम्पसका स्ववियु सभापति भएर विद्यार्थी राजनीति हाँकेका रश्मि आचार्य राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेलसँग फराकिलो अन्तरले पराजित हुने निश्चित भएको छ । 

११ हजार मात्रै मत गणना बाँकी हुँदा पौडेलले करिब १९ हजार मतको अन्तर पारिसकेका छन् । अब गणना हुने मतबाट पौडेल बाहेक अरूले चुनाव जित्ने सम्भावना अन्त्य भएको छ । हालसम्म उत्तमले २५ हजरा १ सय ३७ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी रश्मिको ६ हजार ३ सय २० मत मात्रै छ ।  

ओलीलाई १४ हजारभन्दा बढी मतान्तरले पछि पारे बालेनले

झापा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली १४ हजारभन्दा बढी मतान्तरले पछि परेका छन् ।

जारी मतगणनाको पछिल्लो विवरण अनुसार ओलीले ४ हजार ४४२ मत प्राप्त गरेका छन् । 

झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहले १८ हजार ८४३ मतसहित अग्रता लिएका हुन् । मत गणना अघि बढ्दै गर्दा बालेनको अग्रता पनि निरन्तर बढ्दो देखिएको छ ।

सिन्धुली–१ मा एमालेले अग्रता कायम

सिन्धुली । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–१ मा एमालेले अग्रता कायम राखेको छ । हालसम्म गणना गरिएको मत गणनामा एमालेका उम्मेदवार प्रदिप कटुवालले ८४० मतको अग्रता निकालेका हुन् ।

कटुवालले ४ हजार ७०३ मत ल्याउँदा कांग्रेसका उज्जल बरालले ३ हजार ८६३ मत पाएका छन् ।  रास्वपाका धनेन्द्रजंग कार्की ३ हजार ४८ मत सहित तेस्रो स्थानमा रहेका छन् भने नेकपा उम्मेदवार डेकेन्द्र सुवेदीले १ हजार ३४९ मत पाएका छन् ।

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, कुन क्षेत्रको अवस्था कस्तो ?

सर्लाही । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नम्बर १, २ र ३ को तुलनामा क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवारको अग्रता अन्तर तुलनात्मक रूपमा कम छ । बाँकी तीन वटा क्षेत्रमा भने रास्वपाका उम्मेदवारले निकटतम प्रतिस्पर्धीको तुलनामा फराकिलो मतान्तरसहित अग्रता बनाएका हुन् ।

पछिल्लो विवरण अनुसार क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार नितिमा भण्डारी कार्कीले १४ हजार ६१६ मतसहित अग्रता लिँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनोज कुमार देवकोटाले दुई हजार ५८४ मतमात्र पाएका छन् । यहाँ नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ दुई हजार २४५ मतसहित तेस्रो स्थानमा छन् ।

काठमाडौँ १० मा रास्वपाका विष्ट  २९ हजार बढी मतान्तरले  विजयी

काठमाडौँ । काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १० मा रास्वपाका प्रदिप विष्ट निर्वाचित भएका छन् । उनले ३७ हजार ४६९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत मात्रै ल्याए ।

समानुपातिक तर्फ पनि रास्वपाको पक्षमा लहर

काठमाडौँ ।  प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ रास्वपाको उत्साहजनक नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणनामा पनि उस्तै लहर देखिएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो एकीकृत विवरणअनुसार रास्वपाले अन्य स्थापित र पुराना दलहरूलाई निकै पछाडि पार्दै निकै अग्रता कायम गरेको छ।

हालसम्म कुल ३३ हजार ३ सय ८९ मतको गणना हुँदा रास्वपा एक्लैले १९ हजार २५ मत प्राप्त गरेको छ ।  रास्वपालाई पछ्याइरहेको नेपाली कांग्रेसले ६ हजार २ सय ९५ मत पाएको छ ।

मकवानपुर–१ मा रास्वपालाई ५ गुणा बढी मतको अग्रता

हेटौँडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमलाई ५ गुणा बढी मतको अग्रता मिलेको छ । हालसम्म गणना गरिएको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर–२, ४, ५, ६ सहितको मतमध्ये गौतमले १० हजार मत कटाएका छन् ।

गौतमले १० हजार ७९१ मत ल्याउँदा उनलाई कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले पछ्याइरहेकी छिन् । डिनाले २ हजार २१३ मत पाएकी छिन् । रास्वपाका गौतमले सुरुवात देखिनै लिएको अग्रता निरन्तर बढ्दै गएको छ ।

डिनाको गृह वडामा नै रास्वपाले १ हजार ८०० बढी मत लिएर अग्रता बनाएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२ मा रास्वपाका गौतमले १ हजार ८०० मत ल्याउँदा डिना ६०० मा सीमित भएकी थिइन् । एमाले र कांग्रेसको गढको रूपमा परिचित हेटौँडा बजार क्षेत्रमा नै दुवै दल पछि परेका छन् । 

सर्लाही–४ मा गगन थापासँग अमरेशले बढाए अग्रता

सर्लाही । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहले फराकिलो मतान्तरले पछाडि पारेका छन् ।

अमरेश कुमार सिंह ६ हजार २६४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेस सभापति थापा ३ हजार ६७१ मतसहित दोस्रो स्थानमा छन् ।

यसअघिको मत परिणाम सार्वजनिक हुँदा एक हजार ९६६ मतले पछि परेका गगन थापा पछिल्लो मत परिणाम अनुसार दुई हजार ५९३ मतले पछि परेका हुन् ।

मकवानपुर– २ मा रास्वपाका उप्रेतीको दोब्बर मतको अग्रता

हेटौँडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले दोब्बर मतको अग्रता बनाएका छन् । सुरुवाती चरणबाटै अग्र स्थानमा रहेका उप्रेतीले अग्रता दोब्बर कायम राखेका हुन् ।

हालसम्म गणना भएको मकवानपुर–२ को मनहरी गाउँपालिकाकाको २ देखि ९ सम्म (८ वटा वडाको) १५, हजार ४६४ मत गणनामा गर्दा रास्वपाका उप्रेतीले ६ हजार १९ मत पाएका छन् भने उनलाई काँग्रेस उम्मेदवार बुद्ध लामाले निरन्तर पछ्याइरहेका छन् ।

लामाले २ हजार ८७४ मत ल्याउँदा एमाले उम्मेदवार महेश बर्तौलाले २ हजार ४०९ मत पाएका छन् । नेकपाका उम्मेदवार लवशेर विष्टले १ हजार ४२७ मत पाएका छन् । 

चितवन–२ मा रवि लामिछानेकाे तेब्बर मतको अग्रता

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपाका सभापति रवि लामिछानेले करिब तेब्बर मतको अग्रता कायम गरेका छन् । उनले हालसम्म गणना गरिएको मतमध्ये काङ्ग्रेसकी उम्मेदवार मिना खरेलभन्दा करिब तेब्बर मतको अग्रता बनाएका हुन् । 

चितवन–२ मा हालसम्म ५१ हजार ८२३ मत गणना हुँदा लामिछानेले २२ हजार १२१ मतको अग्रता बनाएका हुन् । 

लामिछानेले हालसम्म ३० हजार ८६५ मत पाउँदा काङ्ग्रेसकी खरेलले ८ हजार ७४४ मत र एमालेका अस्मिन घिमिरेले ५ हजार २९७ मत पाएका छन् । 

मोरङका ६ वटै क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मोरङ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूको मतगणना जारी छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार ६ वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राखेका छन् । 

शुक्रबार यो समाचार तयार पर्दासम्मको पछिल्लो मत परिणामा अनुसार अनुसार मोरङ १ मा

राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपानेले १० हजार २ य ५६ मतसहित अग्रता बनाइरहेका छन् । उनलाई श्रम संस्कृति पार्टीकी शान्ती पाख्रिन लामाले ७ हजार ५ सय १५ मतले पछ्याइरहेकी छन् भने नेपाली कांग्रेसका खड्ग बहादुर फागो ५ हजार १ सय २० मतसहित तेस्रो स्थानमा छन् ।

बारा– ४ मा १४ हजार मतले रास्वपा अगाडि

बारा । बारा निर्वाचन क्षेत्र नं ४ मा करिब ३४ हजार मतगणना हुँदा रास्वपाले फराकिलो अग्रता कायमै राखेको छ ।   

रास्वपाका उम्मेदवार रहबर अन्सारीले १८,८०४ मत प्राप्त गरी फराकिलो अग्रता लिइरहेका छन् भने एमालेका उम्मेदवार किसान श्रेष्ठले ४,८३५ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ३,३०३ मत ल्याएका छन् भने जसपाका उम्मेदवार सञ्जु साहले २,९१६ मत ल्याएका छन् ।

पूर्वसभामुख घिमिरेलाई पूर्वउपसभामुख इन्दिराले करिब १० हजार मतले पछि पारिन्

झापा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरेलाई पूर्वउपसभामुख इन्दिरा राना मगरले करिब १० हजार मतान्तरले पछि पारेकी छन् ।

जारी मतगणनामा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर ११ हजार ८६४ मतसहित अग्र स्थानमा रहँदा पूर्वसभामुख देवराज घिमिरेले एक हजार ८८८ मतमात्र पाएका छन् ।

यो निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार केशव कुमार भण्डारी एक हजार ४१९ मतसहित तेस्रो स्थानमा छन् ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको फराकिलो अग्रता

म्याग्दी। प्रतिनिधिसभा म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार महावीर पुनले निकै फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्। 

पुनले जारी मतगणनामा राजनीतिक दलका उम्मेदवारहरूलाई निकै पछाडि परेका हुन्। पछिल्लो मतगणना अनुसार स्वतन्त्र उम्मेदवार पुनले ९ हजार ८ सय ८८ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई बलियो बनाएका छन् ।

उनलाई नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले ३ हजार ६ सय ५८ मतका साथ पछ्याइरहेका छन्। पुन र श्रेष्ठबिचको मतान्तर ६ हजार २ सय ३० पुगेको छ । 

चुनाव जिते देशैभरि श्रमदान, हारे दार्चुलामा पुल बनाउँछु : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्व मेयर हर्क साम्पाङले निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर आत्तिने वा मात्तिने काम गर्न नहुने बताएका छन् । मत परिणाम सार्वजनिक भइरहँदा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले अन्तिम नतिजा नआएसम्म हतारमा खुसीयाली मनाउने वा निराश हुने गल्ती गर्न नहुने बताएका हुन्। 

उनले चुनाव जिते आफ्नो श्रम अभियानलाई देशव्यापी बनाउने र हारे पनि दार्चुलामा पुल बनाउने आफ्नो बाचा पूरा गरेरै छाड्ने उद्घोष गरे। लोकतन्त्रमा जनताको मत नै सर्वोपरि हुने भन्दै साम्पाङले निर्वाचनको जे जस्तो परिणाम आए पनि त्यसलाई सहर्ष स्वीकार गर्ने स्पष्ट पारे। 

आफूले चुनाव हारे पनि धाँधली भयो भनेर सडकमा रुवाबासी नगर्ने बरु जनताको निर्णयलाई शिरोधार्य गर्ने उनको भनाइ छ। चुनावमा जो पनि जित्छु भनेरै उठ्ने भए पनि हारजितको छिनोफानो मतपेटिकाले नै गर्ने भएकाले जनताले जसलाई जिताउँछन्, उसैलाई स्वीकार गरेर अघि बढ्ने साम्पाङले बताए।

दोलखामा रास्वपाका खरेलको अग्रता

दोलखा । दोलखामा अहलिे मतगणना जारी छ । जिरी नगरपालिकाको मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ । रास्वपाका जगदिश खरेलले २९३१ मत प्राप्त गर्दा एमालेका पार्वत गुरुङले १६७८ मत मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेकपाका विशाल खड्काले ११७७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले ५२१ मत प्राप्त गरेका छन् । अहिले तामाकोशी गाउँपालिकाको मतगणना सुरु भएको छ ।

बाजुरामा कांग्रेसको सुरुवाती अग्रता, रास्वपा चौथो

कैलाली। बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार सुरु भएको मतगणनामा ४९२ मतसहित उनले सुरुवाती अग्रता लिएका हुन् । 

यहाँ नेकपा एमालेका लालबहादुर थापाले ४७० मत ल्याएर गिरीलाई पछ्याइरहेका छन् । 

यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का प्रकाश बहादुर शाहले १२७ मत ल्याएका छन् । 

रुपन्देही–४मा रास्वपा र एमालेबिच कडा प्रतिस्पर्धा, १३ मतको मात्र अन्तर

बुटवल । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मतगणनामा रुपन्देही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

मत गणनाको पछिल्लो विवरण अनुसार रुपन्देही–४ मा रास्वपाका कन्हैया बानियाले १२ हजार ३६२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रमोद कुमार यादवले १२ हजार ३४९ मत पाएका छन् । रास्वपाका बानिया र एमालेका यादवबिच १३ मतको मात्र अन्तर छ ।

यस्तै नेपाली कांग्रेसका आशुतोष मिश्रले १० हजार ५८५ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी नेपालका सर्वेँन्द्रनाथ शुक्लाले २ हजार ३८५ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया