मोरङका ६ वटै क्षेत्रमा रास्वपाको अग्रता
सारांश
- मोरङका ६ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम गरेका छन्।
- क्षेत्र नं. १ मा रास्वपाका यज्ञमणि न्यौपानेले अग्रता बनाउँदा श्रम संस्कृति पार्टीकी शान्ती पाख्रिन लामाले पछ्याइरहेकी छिन्।
- क्षेत्र नं. २ मा रास्वपाका कृष्ण कुमार कार्की, क्षेत्र नं. ३ मा गणेश कार्की, क्षेत्र नं. ४ मा सन्तोष राजवंशी र क्षेत्र नं. ५ मा आशा झाले अग्रता लिएका छन्।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मोरङ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूको मतगणना जारी छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार ६ वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राखेका छन् ।
शुक्रबार यो समाचार तयार पर्दासम्मको पछिल्लो मत परिणामा अनुसार अनुसार मोरङ १ मा
राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपानेले १० हजार २ य ५६ मतसहित अग्रता बनाइरहेका छन् । उनलाई श्रम संस्कृति पार्टीकी शान्ती पाख्रिन लामाले ७ हजार ५ सय १५ मतले पछ्याइरहेकी छन् भने नेपाली कांग्रेसका खड्ग बहादुर फागो ५ हजार १ सय २० मतसहित तेस्रो स्थानमा छन् ।
त्यस्तै, दुई नम्बर क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण कुमार कार्की ११ हजार ४ सय २२ मतसहित अग्रस्थानमा स्थानमा छन् भने नेकपा (एमाले) का दिलीप कुमार अग्रवाल ४ हजार ४ सय ५७ मतका साथ दोस्रो स्थानमा रहँदा नेपाली कांग्रेसका मिनेन्द्र प्रसाद रिजालले ३ हजार ८ सय ४८ मतले पछ्याइरहेका छन् ।
यता क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै गणेश कार्कीले ४ हजार ६ सय ५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका अमिर मगरले ३ हजार ५ सय ७० मत पाएका छन् भने नेपाली कांग्रेसका सुनिल कुमार शर्मा ३ हजार ४ सय ७९ मतसहित प्रतिस्पर्धामा छन् ।
मोरङ क्षेत्र नम्बर ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी २१ हजार १ सय १४ मतका साथ अग्रस्थानमा छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीका अमन लाल मोदीले ९ हजार ४ सय ९९ मतले पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका गुरु राज घिमिरे ७ हजर ८ सय ३ मतसहित तेस्रो स्थानमा छन् ।
यता, मोरङ ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झाले फराकिलो अग्रता बनाएकी छन् । उनले १० हजार १ सय ८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका राज कुमार यादवले ३ हजार ६ सय ८६ मत पाएका छन् । नेपाली कांग्रेसका फुल कुमार लालवानी ३ हजार २ सय ४ मतसहित तेस्रो स्थानमा छन् ।
मोरङ क्षेत्र नम्बर ६ पनि रास्वपाकै अग्रता कायम रहेको छ । यहाँ रुबिना आचार्यले ३० हजार ५ सय १८ मतको विशाल अग्रता कायम गरेकी छन् । उनलाई नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ७ हजार ७ सय ८८ मतले पछ्याइरहेका छन् । नेकपा (एमाले) का विनोद प्रसाद ढकाल ५ हजार २ सय ५४ मतसहित तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण