चितवन–२ मा रवि लामिछानेकाे तेब्बर मतको अग्रता
शुक्रबार, २२ फागुन २०८२, २२ : ४५
सारांश
- चितवन २ मा रास्वपाका रवि लामिछानेले कांग्रेसकी मिना खरेललाई तेब्बर मतले पछि पारेका छन्।
- हालसम्म ५१ हजार ८२३ मत गणना हुँदा लामिछानेले २२ हजार १२१ मतको अग्रता लिएका छन्।
- लामिछानेले ३० हजार ८६५ मत पाउँदा कांग्रेसकी खरेलले ८ हजार ७४४ मत प्राप्त गरिन्।
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपाका सभापति रवि लामिछानेले करिब तेब्बर मतको अग्रता कायम गरेका छन् । उनले हालसम्म गणना गरिएको मतमध्ये काङ्ग्रेसकी उम्मेदवार मिना खरेलभन्दा करिब तेब्बर मतको अग्रता बनाएका हुन् ।
चितवन–२ मा हालसम्म ५१ हजार ८२३ मत गणना हुँदा लामिछानेले २२ हजार १२१ मतको अग्रता बनाएका हुन् ।
लामिछानेले हालसम्म ३० हजार ८६५ मत पाउँदा काङ्ग्रेसकी खरेलले ८ हजार ७४४ मत र एमालेका अस्मिन घिमिरेले ५ हजार २९७ मत पाएका छन् ।
नेकपाका उम्मेदवार प्रताप गुरुङले ३ हजार ३५५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण