सङ्खुवासभामा ५ ठाउँबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइँदै
सारांश
- सङ्खुवासभामा मतगणना आज साँझदेखि सुरु हुने भएको छ, दुर्गम मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी छ।
- दुर्गम ५ मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइँदैछ, जसले गर्दा मतगणना ढिलो हुने भएको हो।
- मतपेटिका सङ्कलनपछि सर्वदलीय बैठक बस्ने र कार्यविधि तय भएपछि मतगणना सुरु हुनेछ।
सङ्खुवासभा । सङ्खुवासभामा मतगणना मतपेटिका आइपुगे आज साँझदेखि मात्र सुरु हुने भएको छ । जिल्लाका दुर्गम मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलन गर्ने कार्य जारी रहेकाले मतगणना सुरु हुन समय लाग्ने भएको हो ।
मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार जिल्लाका अति दुर्गम ५ वटा मतदान केन्द्रहरूबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याउने तयारी भइरहेको छ ।
किमाथान्का, थुदाम, रिदाक, गौथला र चाम्पेकका मतपेटिकाहरू हेलिकप्टरबाट ल्याइने उनले जानकारी दिए । यी मतपेटिकाहरू आज दिउँसो १२ बजेसम्ममा सदरमुकाम खाँदबारी आइपुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, हटिया, हुङगुङ, चेपुवा र च्याम्ताङका मतपेटिकाहरू भने सडक मार्ग र पैदल हिँडाएर ल्याइँदैछ । ‘यी ४ ठाउँका मतपेटिकाहरू कतै गाडीमा र कतै मान्छेले बोकेर ल्याउँदैछन्, जुन आज अपराह्न ४ बजेसम्म आइपुग्नेछन्,’ मुख्य निर्वाचन अधिकृत कोइरालाले भने ।
सबै क्षेत्रका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बोलाइनेछ । उक्त बैठकमा राजनीतिक दलहरूबिच हुने सहमति र कार्यविधि तय भए लगत्तै मतगणना सुरु गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण