बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कालिकोटमा महेन्द्रसँग प्रतिस्पर्धामै आउन सकेनन् प्रकाण्ड

शुक्रबार, २२ फागुन २०८२, १३ : ५७
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाहीले प्रतिस्पर्धीभन्दा १४ सय मतले अग्रता लिएका छन्।
  • पलाँता, पचालझरना, नरहरिनाथ र तिलागुफाको मतगणना सम्पन्न हुँदा शाहीले ५ हजार ७०१ मत प्राप्त गरे।
  • एमालेका नगीन्द्र शाहीले कांग्रेसका हर्षबहादुर बमलाई उछिने भने विप्लव माओवादीका खड्गबहादुर विश्वकर्मा चौथो स्थानमा रहे।

सुर्खेत । सबैको चासोका रूपमा रहेका कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही आफ्ना प्रतिस्पर्धीहरू भन्दा १४ सय बढी मतान्तरले अघि छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, हालसम्म पलाँता, पचालझरना, नरहरिनाथ गाउँपालिका र तिलागुफाको  मतगणना सम्पन्न भएको छ ।

जसमा पूर्वमुख्यमन्त्री समेत रहेका शाहीले ५ हजार ७०१ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका नगीन्द्र शाहीले नेपाली कांग्रेसका हर्षबहादुर बमलाई उछिनेका छन् ।

शाहीले ४ हजार २५७ मत ल्याउँदा कांग्रेसका बमले ४ हजार ७७ मत प्राप्त गरेका छन् । विप्लव माओवादीका खड्गबहादुर विश्वकर्मा भने अझै पनि चौथो नम्बरमै सीमित छन् । 

उनले २ हजार ४७४ मत मात्रै प्राप्त गरेका छन् । उनलाई महेन्द्रसँगको प्रतिस्पर्धीका रूपमा चर्चा गरिए पनि प्रतिस्पर्धामा आउन सकेका छैनन् । त्यस्तै रास्वपाका प्रकाश न्यौपानेले १ हजार ४० मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप