कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता
सारांश
- कञ्चनपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अग्रता लिएको छ।
- क्षेत्र नं. १ मा रास्वपाका जनकसिंह धामीले अग्रता लिँदा एमालेका तारा लामा तामाङ दोस्रो स्थानमा छन्।
- क्षेत्र नं. २ मा रास्वपाका दीपकराज बोहराले कांग्रेसका नारायण प्रकाश साउँदलाई पछि पारेका छन्।
महेन्द्रनगर । कञ्चनपुरमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिँदै क्लिन स्विपको संकेत गरेको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले प्रतिस्पर्धी दलका स्थापित नेताहरूलाई पछि पार्दै अग्रता कायम राखेका छन्।
निर्वाचन क्षेत्र नं. १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका जनकसिंह धामी १ हजार ८३० मतसहित पहिलो स्थानमा छन्। उनलाई नेकपा (एमाले) का तारा लामा तामाङले १ हजार ५१९ मतका साथ पछ्याइरहेका छन्। यस क्षेत्रमा कुल ६१ हजार ७४ मत खसेको थियो, जसको गणना अझै जारी छ।
त्यस्तै, क्षेत्र नं. २ मा रास्वपाका दीपकराज बोहराले फराकिलो अग्रता बनाएका छन्। बोहराले ४ हजार २६८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रभावशाली नेता नारायण प्रकाश साउँद १ हजार ५२५ मतमा सीमित भएका छन्। यस क्षेत्रमा ६४ हजार ८८१ मत खसेको छ।
क्षेत्र नं. ३ मा पनि रास्वपाकै ज्ञानेन्द्रसिंह महता १ हजार २०४ मतसहित अगाडि छन्। उनलाई नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ४४८ मतका साथ पछ्याउँदै छन्। ५८ हजार ३६१ मत खसेको यस क्षेत्रमा पनि रास्वपाको सुरुवाती उत्साहजनक नतिजा देखिएको छ। कञ्चनपुरका तीनै क्षेत्रमा 'घण्टी' को अग्रताले पुराना दलहरूलाई ठूलो चुनौती थपेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण