चितवन–२ मा रवि लामिछानेको फराकिलो मतान्तर, अन्य सबै प्रतिस्पर्धीको मत जोड्दा पनि भेट्न मुस्किल
शुक्रबार, २२ फागुन २०८२, १४ : ३२
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले फराकिलो मतान्तर बनाएका छन् ।
जारी मतगणनामा लामिछाने १० हजार ८२२ मतसहित अग्रता लिएका छन् । सो क्षेत्रमा उनका अन्य सबै प्रतिस्पर्धीको मत जोड्दा पनि उनलाई भेट्न मुस्किल देखिन्छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेसकी मिना कुमारी खरेलले ३ हजार २२७ मत प्राप्त गरेकी छन् । यस्तै, नेकपा एमालेका अस्मिन घिमिरेले २ हजार ८४६, नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले एक हजार ८४४ मत पाएका छन् ।
यस्तै, श्रम संस्कृति पार्टीका मिलन थापा मगरले २१२, स्वतन्त्र उम्मेदवार इन्द्रबहादुर स्याङतानले १४८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण