शेखर कोइराला ५ हजार मतले पछाडि
शुक्रबार, २२ फागुन २०८२, १४ : ४५
सारांश
- विराटनगरमा रास्वपाकी रुविना आचार्यले काँग्रेस नेता शेखर कोइरालालाई ५ हजारभन्दा बढी मतले पछि पारिन्।
- आचार्यले ६ हजार ६०१ मत प्राप्त गर्दा कोइरालाले १ हजार ४२७ मत मात्रै ल्याए।
- एमालेका विनोद ढकाल र श्रम संस्कृति पार्टीका मातृका पौडेलले पनि उल्लेख्य मत प्राप्त गरे।
विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्यसँग ५ हजारभन्दा बढी मतले पछि परेका छन् ।
आचार्यले हालसम्म ६ हजार ६०१ मत प्राप्त गरेकी छन् । यस्तै डा.शेखर कोइरालाले भने १ हजार ४२७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका विनोदप्रसाद ढकालले १ हजार ३४४ मत पाउँदा श्रम संस्कृति पार्टीका मातृका पौडेलले १ हजार २९३ मत पाएका छन् ।
यस्तै, राप्रपाका सविन निरौलाको २८२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ओपेन्द्रकुमार रायले १८२ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण