ब्यालेट बक्स आइनपुग्दा गोरखा–१ मा सुरु भएन मतगणना
शुक्रबार, २२ फागुन २०८२, १५ : २६
सारांश
- गोरखा-१ मा ब्यालेट बक्स नआएका कारण मतगणना सुरु हुन सकेको छैन।
- जिल्लाको उत्तरी भागबाट हेलिकप्टरबाट ल्याउनुपर्ने ब्यालेट बक्स आउन बाँकी छ।
- मुख्य निर्वाचन अधिकृतका अनुसार, ५ बजेसम्म सबै ब्यालेट बक्स आइपुग्नेछ।
काठमाडौँ । ब्यालेट बक्स आइनपुग्दा गोरखा–१ मा मतगणना सुरु हुन सकेको छैन । जिल्लाको उत्तरी भागबाट हेलिकप्टरबाट ल्याउनुपर्ने ब्यालेट बक्स अहिलेसम्म नआएका कारण गणना सुरु हुन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
हेलिकप्टरबाट ल्याउनुपर्ने ब्यालेट बक्समध्ये ७ वटा आइपुगेको र अझै १६ वटा ब्यालेट बक्स भने आइपुग्न बाँकी रहेको गौतमको भनाइ छ । अहिले ५ बजेसम्म सबै ब्यालेट बक्स आइपुग्ने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण