इलाम २ मा माटोको अग्रता, सुहाङले पछ्याउँदै
इलाम । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना रोचक मोडमा रहेको छ। प्रारम्भिक नतिजा अनुसार श्रम संस्कृति पार्टीको माटो चुनाव चिह्न लिएर मैदानमा उत्रिएका सुदिप राईले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै अग्रता कायम राखेका छन्। उनले हालसम्म १ हजार ५ सय ४ मत प्राप्त गरी अग्रस्थान सुरक्षित गरेका हुन्।
उनलाई नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार सुहाङ नेम्बाङले कडा चुनौती दिइरहेका छन्। सूर्य चुनाव चिन्ह भएका सुहाङ १ हजार ३ सय ६० मतका साथ सुदिपको नजिकै देखिन्छन्।
यता नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य भने निकै पछाडि परेका छन्। रुख चुनाव चिन्हमा उनले ७ सय ३३ मत मात्र बटुल्न सफल भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईको अवस्था भने निकै कमजोर देखिएको छ। घण्टी चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा होमिएका उनले हालसम्म ४ सय २० मत मात्रै पाएका छन्। मतगणना जारी रहेकाले यो नतिजामा फेरबदल आउने सम्भावना अझै जीवित छ।
अहिलेको स्थितिले इलाम २ को चुनावी भिडन्त त्रिपक्षीय भन्दा पनि दुई मुख्य उम्मेदवारबिचको प्रतिस्पर्धा जस्तो देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण