गोरखा १ मा मतगणना सुरु हुन ढिलाइ
शनिबार, २३ फागुन २०८२, ०७ : ५६
सारांश
- प्रतिकूल मौसमका कारण गोरखा क्षेत्र नं. १ को मतगणना सुरु हुन सकेको छैन।
- दुर्गम क्षेत्रका १६ मतदान केन्द्रका मतपेटिका संकलन हुन नसकेकोले गणना रोकिएको हो।
- हेलिकोप्टरमार्फत मतपेटिका ल्याउने प्रयास भइरहेको छ र सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ।
गोरखा । प्रतिकूल मौसमका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना अझै सुरु हुन सकेको छैन। उत्तरी गोरखाका दुर्गम क्षेत्रमा रहेका १६ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन नसकिएका कारण गणना कार्य रोकिएको हो।
शुक्रबार मौसम खराब भएका कारण ती क्षेत्रमा हेलिकप्टर उडान सम्भव हुन सकेन। भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नभएका चुमनुब्री लगायतका क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता छ।
शनिबार बिहानैदेखि ती बाँकी रहेका मतपेटिकाहरू हेलिकप्टरमार्फत सदरमुकाम ल्याउने प्रयास भइरहेको र सबै मतपेटिका आइपुगेलगत्तै सर्वदलीय बैठक बसेर गणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण