डोल्पामा रोकिएको मतगणना पुन: सुरु
सारांश
- डोल्पामा फर्जी मत भेटिएपछि रोकिएको मतगणना पुनः सुरु भएको छ।
- काईके गाउँपालिकामा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि विवाद भएको थियो।
- सर्वदलीय बैठकको सहमतिपछि ५ मत बदर गर्ने निर्णय सहित मतगणना पुनः सुरु भयो।
सुर्खेत । डोल्पामा रोकिएको मतगणना पुनः सुरु भएको छ । फर्जी मत खसेको भन्दै स्थगित भएको मतगणना सुरु भएको हो ।
काईके गाउँपालिका—४ र ५ को मतगणनाको क्रममा पाँच वटा मतपत्रमा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएको अर्धकट्टी सहितको मतपत्र भेटिएपछि विवाद सुरु भएको थियो ।
यस्तै, सात वटा मतपत्रका अर्धकट्टी मात्रै भेटिएपछि मतगणना स्थगित भएको थियो । उक्त मतपत्रमा अनधिकृत व्यक्तिले मतदान गरेको भन्दै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्री पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवारले विरोध जनाएपछि मतगणना अन्योल बनेको थियो ।
सर्वदलीय बैठकबाट सहमति भएपछि मतगणना पुनः सुरु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन् ।
मतगणनाको क्रममा भेटिएका अर्धकट्टी सहितका ५ मत बदर गर्ने सहमति भएसँगै बिहान साढे पाँच बजेबाट रोकिएको मतगणना सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण