प्रतिनिधि सभा निर्वाचन
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
शनिबार, २३ फागुन २०८२, २० : ५७
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा–१ मा ठुलो मतान्तरसहित निशा डाँगी निर्वाचित भएकी छन् ।
गत निर्वाचनमा नेपाली कांग्रेसका उपभापति विश्वप्रकाश शर्मा निर्वाचित भएको स्थानमा डाँगीले सानदार जित हात पारेकी हुन् ।
उनले ४५ हजार ६८० मत ल्याउँदा नेपाली कांग्रेसका केशव राज पाण्डेले १० हजार ५५० मत मात्र ल्याउन सके। गत निर्वाचनमा शर्माले ३९ हजार ६२४ मत ल्याएका थिए।
तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केवलराम राई रहे । उनले १० हजार ४ मत ल्याए। नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण