गोरखा–१ मा सुधन गुरुङले बढाए अग्रता
सारांश
- गोरखा निर्वाचन क्षेत्र १ मा रास्वपाका सुधन गुरुङले अग्रता बढाएका छन्।
- आरुघाट गाउँपालिका-५ को मतगणनामा गुरुङले ३७० मत प्राप्त गरे।
- हालसम्मको कुल मतपरिणामअनुसार गुरुङले ५ हजार २४ मत प्राप्त गरेका छन्।
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले आफ्नो अग्रता बढाएका छन्।
आरुघाट गाउँपालिका–५ को मतगणना सम्पन्न हुँदा घण्टी चुनाव चिह्नका उम्मेदवार गुरुङले उक्त वडाबाट ३७० मत प्राप्त गरेका छन्। सोही वडाबाट नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले २६७, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले १२७ र नेकपा (एमाले) का रामचन्द्र लामिछाने (सूर्य) ले १४२ मत थपेका छन्।
यससँगै हालसम्मको कुल मतपरिणामअनुसार सुधन गुरुङले ५ हजार २४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४ हजार ८ सय ४३ मत पाएका छन्।
त्यसैगरी हरिराज अधिकारीले २ हजार ५ सय ५ मत प्राप्त गर्दा रामचन्द्र लामिछानेले ९ सय ५३ मत पाएका छन्।
हाल गुरुङ खत्रीभन्दा १८१ मतले अगाडि रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण