इजरायली आक्रमणपछि इरानको तेल डिपोमा भीषण आगलागी
आइतबार, २४ फागुन २०८२, ११ : ११
सारांश
- तेहरानमा इजरायलले गरेको हवाई आक्रमणपछि तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी भएको छ।
- आक्रमणका कारण आकाशमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो र कूहसर बुलेवार्डसम्म आगो फैलिएको थियो।
- इजरायलले तेल भण्डारण र प्रशोधन संरचनालाई निशाना बनाएको बताइएको छ, जसले गर्दा सडक किनारका घर र पसलहरूमा क्षति पुगेको छ।
तेहरान । इरानको राजधानी तेहरानमा इजरायलले रातभर गरेको हवाई आक्रमणपछि तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी भएको छ ।
आक्रमणपछि आकाशतर्फ बाक्लो धुवाँको मुस्लो उठेको र शहरका केही क्षेत्र उज्यालो बनेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार आक्रमणपछि लागेको आगो नजिकैको कूहसर बुलेवार्डसम्म फैलिएको छ ।
आगलागीले सडक किनारका घर र पसलहरूमा समेत क्षति पुर्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बीबीसीसँग कुरा गर्दै एक स्थानीयले भने, ‘रात एक्कासी दिनजस्तै उज्यालो भयो ।’ रातभर भएका आक्रमणमा इजरायलले विशेषगरी तेल भण्डारण र प्रशोधन संरचनालाई निशाना बनाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण