जोखिमपूर्ण बिजुलीको काममा अब रोबोट
सारांश
- चीनले उच्च भोल्टेज लाइन मर्मत गर्ने रोबोट सार्वजनिक गरेको छ, जसले मानव इलेक्ट्रिसियनको काम गर्नेछ।
- रोबोटले सटिक लेजर कटिङ प्रविधि प्रयोग गरी तार जडान र मर्मत गर्छ, मानव जोखिमलाई कम गर्छ।
- यो प्रविधिले विद्युतीय क्षेत्रमा काम गर्ने कामदारहरूको सुरक्षा बढाउँछ र जीवन जोखिम कम गर्छ।
बेइजिङ । विश्वव्यापी श्रम बजारमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटको लहर चलिरहँदा इलेक्ट्रिसियन, प्लम्बर र वेल्डर जस्ता दक्ष प्राविधिकहरू आफू सुरक्षित रहेको महसुस गर्थे। तर प्रविधिको तीव्र विकासले अब कुनै पनि क्षेत्र पूर्ण रूपमा सुरक्षित नरहेको सङ्केत दिएको छ।
हालै चीनले एउटा यस्तो रोबोट सार्वजनिक गरेको छ जसले मानव इलेक्ट्रिसियनको ठाउँ लिएर १० केभीको उच्च भोल्टेज विद्युतीय प्रसारण लाइनमा सफलतापूर्वक मर्मत कार्य सम्पन्न गरेको छ। हुबेई इलेक्ट्रिक पावर रिसर्च इन्स्टिच्युट र वुहान स्टेट ग्रिडले संयुक्त रूपमा विकास गरेको यो रोबोटले मानिसले गर्ने जोखिमपूर्ण कामलाई पूर्ण शुद्धताका साथ सम्पन्न गरेर सबैलाई अचम्ममा पारेको छ।
यो रोबोटले अत्यन्तै सटिक लेजर कटिङ प्रविधिको प्रयोग गरेर कडा इन्सुलेशन तह निकाल्ने, मुख्य तारमा शाखा तारहरू जोड्ने र कनेक्सनहरू कसिलो बनाउने काम गर्दछ। मानिसले यस्तो काम गर्दा हात काँप्ने वा सानो गल्तीले ज्यान जाने जोखिम हुन्छ, तर रोबोटमा त्यस्तो कुनै डर हुँदैन।

वुहान स्टेट ग्रिडका प्राविधिक वु सिनका अनुसार यो रोबोटले तारहरूको जटिल सञ्जालमा पनि सजिलै काम गर्न सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त यसले मानिसलाई करेन्ट लाग्ने सम्भावनालाई पूर्ण रूपमा अन्त्य गरिदिएको छ।
हुबेईको किङसान काउन्टीमा गरिएको यो सफल परीक्षणले विद्युतीय क्षेत्रमा काम गर्ने मजदुरहरूको सुरक्षाका लागि एउटा नयाँ युगको सुरुवात गरेको छ। सामान्यतया यस्तो उच्च भोल्टेजको लाइन मर्मत गर्दा बिजुली काट्नु नपरोस् भनेर इलेक्ट्रिसियनहरूले विशेष सुरक्षा कवच लगाएर चालू तारमै काम गर्नुपर्ने हुन्छ।
यो काम जीवन र मरणको दोसाँधमा उभिएर गरिने हुनाले निकै चुनौतीपूर्ण मानिन्छ। अब भने वुहान स्टेट ग्रिडले विकास गरेको यो प्रविधिले त्यस्ता कठिन कार्यहरूको जिम्मेवारी लिने देखिएको छ।
यसलाई मानिसको रोजगारी खोस्ने प्रतिस्पर्धाका रूपमा मात्र नहेरी बर्सेनि हजारौँको ज्यान लिने जोखिमपूर्ण कामलाई सुरक्षित बनाउने सहयोगीका रूपमा पनि हेर्न सकिन्छ। प्रविधिको यो फड्कोले अबको केही समयमै मानव इलेक्ट्रिसियनहरूको कार्यशैलीमा आमूल परिवर्तन ल्याउने निश्चित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण