७६ लाख समानुपातिक मत गन्दा कसले कति पाए ?
सारांश
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी छ, जसमा ७५ लाख ९१ हजार १३ मत गणना गरिएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टी ३६ लाख ७८ हजार ५५३ मतसहित अग्रस्थानमा छ, जुन कूल सदरमतको ४८.४६ प्रतिशत हो।
- नेपाली कांग्रेस, नेकपा एमाले, र अन्य दलहरूले पनि मत प्राप्त गरेका छन्, जसमा कांग्रेस दोस्रो स्थानमा छ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना गरिएको हो ।
पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३६ लाख ७८ हजार ५५३ मतसहित अग्रस्थानमा छ । यो कूल सदरमतको ४८.४६ प्रतिशत हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१३ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १२ लाख ४० हजार १८१ मत पाएको छ ।
तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत छ जुन १३.८३ प्रतिशत हो । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७.११ प्रतिशत मत पाएको छ जसअनुसार पार्टीको ५ लाख ३९ हजार ५२९ मत छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५९ हजार ५८ मत पाएको छ । यो कूल सदर मतको ३.४१ प्रतिशत हो ।
श्रम संस्कृति पार्टीले पनि ३.१८ प्रतिशत मत पाएको छ । पार्टीको २ लाख ४१ हजार १६५ मत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण