बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकप जितेपछि सूर्यकुमारको नजर अब ओलम्पिक स्वर्ण पदकमा

सोमबार, २५ फागुन २०८२, १० : ५७
सोमबार, २५ फागुन २०८२

सारांश

  • सूर्यकुमार यादवले भारतलाई टी-२० विश्वकप जिताएपछि सन् २०२८ को ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्य राखेका छन्।
  • २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट समावेश हुँदैछ, जसमा भारत एसियाबाट सिधै छनोट हुने सम्भावना छ।
  • सूर्यकुमारले भारतीय क्रिकेटको सफलतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी प्रतियोगिताहरूमा जित हासिल गर्ने बताए।

अहमदाबाद । भारतीय क्रिकेट टोलीलाई तेस्रो पटक टी-२० विश्वकपको उपाधि दिलाएपछि कप्तान सूर्यकुमार यादवले आफ्नो अर्को लक्ष्य सन् २०२८ को ओलम्पिकमा स्वर्ण पदक जित्नु रहेको बताएका छन्। अहमदाबादमा सम्पन्न फाइनल खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले टोलीको सफलतामा खुसी व्यक्त गर्दै अबको ध्यान ओलम्पिकतर्फ केन्द्रित भएको खुलासा गरेका हुन् । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सन् १९०० को पेरिस ओलम्पिकपछि पहिलो पटक क्रिकेटलाई सन् २०२८ को लस एन्जलस ओलम्पिकमा समावेश गरेको छ। जुलाई १४ देखि २९ सम्म चल्ने उक्त प्रतियोगितामा पुरुष र महिला दुवै विधामा ६-६ टोलीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। वर्तमान आईसीसी टी-२० वरियताका आधारमा भारत एसियाबाट सिधै छनोट हुने निश्चित देखिएको छ। ओलम्पिकका क्रिकेट खेलहरू लस एन्जलसबाट करिब ५० किलोमिटर टाढा रहेको पोमोना सहरको फेयरग्राउन्ड्स स्टेडियममा आयोजना हुनेछन्।

भारतीय पुरुष टोली अहिले च्याम्पियन्स ट्रफी र टी-२० विश्वकप दुवैको विजेता हो। सूर्यकुमारले सन् २०२४ मा रोहित शर्माको कप्तानीमा बार्बाडोसमा जितेको टी-२० विश्वकपलाई भारतीय क्रिकेटको टर्निङ प्वाइन्ट मानेका छन्। सन् २०२४ पछि भारतीय टोलीको खेल्ने शैलीमा निकै परिवर्तन आएको र त्यसैको निरन्तरता स्वरूप सन् २०२५ मा च्याम्पियन्स ट्रफी र अहिले सन् २०२६ मा घरेलु मैदानमा विशेष सफलता मिलेको उनले बताए। 

सूर्यकुमारले यो जितको यात्रालाई सन् २०२७, २०२८ र २०२९ सम्म पनि निरन्तरता दिने र कहिल्यै नरोकिने दृढता व्यक्त गरे।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप