खाडी क्षेत्रको तनावले भविष्यमा भूराजनीतिक संकट निम्त्याउन सक्छ : शंकर पोखरेल
बिहीबार, २८ फागुन २०८२, ०९ : २५
सारांश
- एमाले महासचिव शंकर पोखरेलले खाडी क्षेत्रको युद्धले नेपाली श्रमिक त्रसित भएको बताए ।
- उनले तेल र ग्यास अभाव तथा मूल्यवृद्धिका कारण जनजीवन कष्टकर हुने संकेत गरे ।
- पोखरेलले धैर्य र संयम अपनाउन र सरकारले योजना बनाउनुपर्ने सुझाव दिए ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा चलिरहेको युद्धका कारण त्यहाँ काम गरिरहेका नेपाली श्रमिकहरू त्रासमा रहेको बताएका छन् । साथै उनले सम्भावित तेल र ग्यास अभाव तथा बढ्दो मूल्यवृद्धिले समग्र बजार प्रणालीमा असर पार्दै जनजीवन अझ कठिन बन्ने संकेत देखिएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो संवेदनशील समयमा नेपाली समाजले धैर्य र संयम कायम राख्नु अत्यन्त आवश्यक भएको जनाएका छन् ।
‘साथै, अब बन्ने सरकारले पनि सम्भावित प्रभावलाई कम गर्न ठोस योजना र तयारी सुरु गर्नुपर्छ’, महासचिव पोखरेलले भनेका छन्,‘अन्यथा, यो संकट केवल आर्थिक वा मानवीय संकटमा मात्र सीमित रहने छैन; यसले भविष्यमा भूराजनीतिक तनावलाई समेत निम्त्याउन सक्छ।गम्भीर बनौँ, सजग बनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण