बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

निर्वाचन आयोगले समानुपातिक तर्फको सिट सङ्ख्या अझै यकिन गर्न सकेन

साँझसम्म दलहरूलाई पत्र पठाउने तयारी
बिहीबार, २८ फागुन २०८२, १२ : ०६
बिहीबार, २८ फागुन २०८२

सारांश

  • निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने सिट संख्या यकिन गर्न सकेको छैन।
  • आयोगले बुधबार समानुपातिक मतको गणना गरे पनि सिट संख्या टुंगो लगाउन सकेको छैन।
  • आयोगले आजै सिट संख्या यकिन गरी दलहरूलाई सूची पठाउने तयारी गरिरहेको छ।

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फ पाएको मतका आधारमा कति सिट पाउने भन्ने यकिन गर्न सकेको छैन । समानुपातिक प्रणालीतर्फको मत बुधबार गणना गरिसके पनि अहिलेसम्म कुन दलले कति सिट पाउने भन्ने यकिन गर्न नसकेको हो । 

आयोगको राजनीतिक दल महाशाखा प्रमुख सहसचिव (कानुन) का यज्ञप्रसाद भट्टराईले समानुपातिक मतका आधारमा दलहरूले पाउने सिट सङ्ख्या अझै यकिन भइ नसकेको जानकारी दिए ।  ‘समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने सांसदको सङ्ख्या हामीले अझै यकिन गरिसकेका छैनौँ । इक्ज्याक्ट मत निकाल्ने र सिट सङ्ख्या टुङ्ग्याउने काम आज सक्ने गरी काम गरिरहेका छौँ,’ सहसचिव भट्टराईले रातोपाटीसँग भने । 

सिट सङ्ख्या यकिन भएपछि आजै दलहरूलाई सिट अनुसार कलस्टर मिलाएर सांसद बन्नेहरूको सूची पठाउन पत्राचार गर्ने तयारी पनि आफूहरूको रहेको भट्टराईले बताए ।

यसअघि बुधबार पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बुधबारै समानुपातिकतर्फको सिट संख्या यकिन गरेर दलहरूलाई पत्राचार गर्ने तयारी भइरहेको बताएका थिए । तर, दलहरूले पाएको मत निश्चित गर्न र सिट सङ्ख्या यकिन गर्न समय लागेकाले त्यो प्रक्रिया लम्बिएको आयोगका पदाधिकारीहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप