ट्याङ्करमा आक्रमणपछि इराकको तेल बन्दरगाह बन्द
सारांश
- इराकले तेल ट्याङ्करमा आक्रमणपछि आफ्ना तेल टर्मिनलहरू पूर्ण रूपमा बन्द गरेको छ।
- पर्सियन खाडीमा दुई तेल ट्याङ्करमा आक्रमण भएको थियो, जसमा एक जनाको मृत्यु भयो।
- घटनाले इराकको सुरक्षा र अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिइएको छ।
बगदाद । इराकले आफ्ना तेल टर्मिनलहरूको सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ । पर्सियन खाडीमा दुई वटा तेल ट्याङ्करमाथि आक्रमणपछि सो निर्णय गरिएको अधिकारीहरूले बताएका छन् ।
जनरल कम्पनी फर इराकी पोर्टस्का महानिर्देशक फरहान अल–फर्ताैसीले इराकी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार तेल टर्मिनलहरू पूर्ण रूपमा बन्द गरिएका छन्, तर देशका व्यावसायिक बन्दरगाहहरू भने अझै सञ्चालनमा छन् ।
आक्रमणमा परेका दुई तेल ट्याङ्कर पर्सियन खाडीमा आगलागीको अवस्थामा भेटिएका थिए । प्रारम्भिक जानकारी अनुसार विस्फोटक बोकेको इरानी पानी– ड्रोनले प्रहार गर्दा दुर्घटना भएको आशङ्का गरिएको छ । घटनामा एक जना चालक दल सदस्यको मृत्यु भएको खबर आएको छ । अरू ३८ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
बुधबारयता मात्रै पर्सियन खाडी क्षेत्रमा जहाजमाथि कम्तीमा ६ वटा आक्रमण भएको बताइएको छ । यसले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरुलाई युद्धको मुख्य केन्द्र बनाइरहेको देखिन्छ ।
यस घटनाले इराकको सुरक्षा र अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी इराकको सरकारी तेल मार्केटिङ कम्पनी स्टेट अर्गनाइजेशन फर मार्केटिङ अफ आयल (एसओएमओ) ले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण