इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको रुसी कूटनीतिज्ञको दाबी
सारांश
- रुसी कूटनीतिज्ञले इरानलाई आफ्नो सुरक्षाको अधिकार रहेको बताए ।
- उनले मध्यपूर्वको अवस्था भयावह रहेको र कूटनीतिक समाधान खोज्नुपर्नेमा जोड दिए ।
- अमेरिका–इजरायलको इरानमाथिको आक्रमण असफल भएको उनको भनाइ छ।
काठमाडौँ । इरानसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले बताएका छन् ।
नेबेन्जियाले शुक्रबार सञ्चारकर्मीसँग भने, “इरान एक स्वतन्त्र राष्ट्र भएको नाताले उसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने र नागरिक तथा नागरिक पूर्वाधारमाथिको आक्रमणलाई स्वीकार नगर्ने अधिकार छ ।”
बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पारित हुन असफल भएको मध्यपूर्वमा जारी सैन्य द्वन्द्वलाई सम्बोधन गर्ने रुस प्रायोजित प्रस्तावको उल्लेख गर्दै रुसी कूटनीतिज्ञले समाचार संस्था आरटीसँग भने, “अहिले मध्यपूर्वको स्थिति वास्तवमै भयावह छ र हामी कूटनीतिक समाधानका लागि आह्वान गर्दछौँ । हाम्रो प्रस्तावको पक्षमा मतदान नगरेर उनीहरूले लिएको अडान उनीहरूको इरान, इरानी नागरिक भूगोलको लागि अन्तर्राष्ट्रिय कानुनद्वारा प्रदत्त अधिकार र जिम्मेवारी हो।”
सैन्य कारबाही तत्काल रोक्न सबै पक्षलाई आग्रह गर्ने मस्यौदा प्रस्तावलाई पक्षमा चार, विपक्षमा दुई र नौ अनुपस्थित मतले अस्वीकृत भएको थियो ।
रुस, चीन, पाकिस्तान र सोमालियाले पक्षमा मतदान गरेका थिए भने अमेरिका र लाटभियाले विपक्षमा मतदान गरेका थिए ।
इरानविरुद्ध अमेरिका–इजरायलले गरेको व्यापक हवाई आक्रमण र गोलाबारी असफल भएको नेबेन्ज्याले बताए ।
उनले भने, “हामीलाई थाहा छैन के हुन्छ । आक्रमण असफल भएको छ । उनीहरूले इरानी शासनलाई पतन गराउने उद्देश्यले गरेको आक्रमणमा अमेरिकीहरूको अनुमान अनुरूप इरानी जनताले विद्यमान इरानी सत्ताविरुद्ध विद्रोह गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण